प्रहरीमाथि सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि
सारांश
- काठमाडौं ।
- कर उठाउने क्रममा एक प्रहरीलाई सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि घाइते बनाएका छन् ।
- सडक बोर्डको कर उठाउने चितवनको टिकौली घुम्तीमा सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी हुन् ।
काठमाडौं । कर उठाउने क्रममा एक प्रहरीलाई सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि घाइते बनाएका छन् । सडक बोर्डको कर उठाउने चितवनको टिकौली घुम्तीमा सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी हुन् ।
बाटोमा राखिएको ढाटले सास्ती पाएको भन्दै ढाटको घुम्ती तोडफोडसहितको आगजनी गर्दा प्रहरी सहायक निरीक्षक खड्का घाइते भएकी हुन्।
प्रदेश ३ का सांसद कृष्ण खनालले भनेको नमान्ने भन्दै प्रहरीमाथि गाली गरेका थिए। सांसद खनालकै आडमा भएको हुलदंगामा असई खड्का पीडित भइन्। शरीरमा आगो लागेपछि उनले घाँसमा लडेर आगो निभाएकी थिइन्।
उनले छोडेको भए त्यहाँ ठूले क्षति हुने उनले बताइन । १५ मिनेटसम्म भीडलाई रोक्न लागिएको तर प्रहरीको संख्या कम भएकोले आक्रमण भएको बताइन् ।
घुम्तीमा पेट्रोल छर्कंदा उनको शरीरमा परेको थियो। घुम्तीमा रोक्न खोज्दा खड्काको शरीरमा पेट्रोल परेको थियो। प्रहरीसँग आक्रोसित त्यो समूहले घुम्तीमा आगो लगाउँदा खड्काको शरीरमा आगो लागेको हो। घटना शुक्रबार बिहान साढे १० बजे भएको थियो । सांसद ठूलो की प्रहरी ठूलो भन्दै सांसदले भनेको नमान्ने भन्दै भिड खड्कामाथि खनिएको थियो ।
भीडमा सांसद खनालपनि उपस्थित थिए। खनालले आक्रमण गर्नेको पक्षमा लागेर प्रहरीलाई धम्काएका थिए।
प्रतिक्रिया