हुम्लामा विद्युतीय भुक्तानी सुरु !
सारांश
- हुम्ला , ३१ वैशाख ।
- सरकारले चालु आर्थिक वर्षभित्र सबै जिल्लामा विद्युतिय भुक्तानी सेवा दिने निर्णय गरेसँगै हुम्लामा पनि उक्त सेवा लागु भएको छ ।
- कोष तथा लेखा नियन्त्रण कार्यालयले विद्युतिय भुक्तानी सेवा सुरु गरेको हो ।
हुम्ला , ३१ वैशाख । सरकारले चालु आर्थिक वर्षभित्र सबै जिल्लामा विद्युतिय भुक्तानी सेवा दिने निर्णय गरेसँगै हुम्लामा पनि उक्त सेवा लागु भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले विद्युतिय भुक्तानी सेवा सुरु गरेको हो । कार्यालयले पहिलो पटक जिल्ला प्रशासन कार्यालय हुम्लाको शान्ति समितिका कर्मचारी देवकी ऐडीको विद्युतिय भुक्तानी सेवा दिएको हो ।
विद्युतीय भुक्तानी सेवामा केन्द्रीय सरकारी कार्यालयले भुक्तानी गर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित पार्टी, फर्म तथा संघसंस्थाको बैंक खातामा सिधै राखिदिने कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका लेखापाल रामकृष्ण बुढाले जानकारी दिएका छन ।
उनले संघीय कार्यालय अन्तर्गत पार्टी, फर्म तथा संघसंस्थालाई भुक्तानी हुने रकम चेकमार्फत नभई विद्युतीय भुक्तानी सेवामार्फत सिधै बैंक खातामा जम्मा हुने लेखापाल बुढाले बताए ।
सघीय कार्यालयले पार्टी, फर्म तथा संघसंस्थालाई दिने भुक्तानी आदेशको अनलाइन तथा लिखित कागजपत्र कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गर्नुपर्ने, सोही आधारमा कार्यालयले लिखित तथा अनलाइन कागजपत्र प्रमाणित गरेपछि मात्र कार्यालयले सम्बन्धित पक्षको रकम सोझै बैंकमा जम्मा गरिदिनेछ । बैक गएर लाइनमा बस्नबाट मुक्त हुने भएको छ ।
विद्युतीय सेवा भुक्तानीका लागि फर्मको नाम, बैंक खाता र स्थायी लेखा नं अनिवार्य हुनुपर्ने लेखापाल बुढाको छ ।
आगामी ७५÷०७६को आर्थिक वर्षबाट संघीय कार्यालयमा अनिवार्य रुपमा विद्युतीय सेवा भुक्तानी लागू हुने कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।
प्रतिक्रिया