सीके राउत र विप्लव समुहका २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,  ७ असाेज।
  • नेपाल प्रहरीले वैशाखदेखि साउन महिनासम्मको अवधिमा अर्धभूमिगत शैलीमा राजनीतिक गतिविध गर्दै गरेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र सिके राउत समूहका २ सय ९४ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
  • दुई तिहाई बहुमत प्राप्त नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको नीतिगत निर्णय अनुशार ७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले यत्रो संख्याका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

काठमाडौं,  ७ असाेज। नेपाल प्रहरीले वैशाखदेखि साउन महिनासम्मको अवधिमा अर्धभूमिगत शैलीमा राजनीतिक गतिविध गर्दै गरेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र सिके राउत समूहका २ सय ९४ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । दुई तिहाई बहुमत प्राप्त नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको नीतिगत निर्णय अनुशार ७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले यत्रो संख्याका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ पर्नेमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), पोलिटब्यूरो सदस्य उमा भुजेलदेखि जिल्ला र स्थानीय तहका नेता, कार्यकर्तासम्मका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार ३ महिनाको अवधिमा प्रदेश १ बाट मात्रै एक सय ५ जना पक्राउ गरिएको छ ।

प्रवक्ता थापाले भने “अहिलेसम्म झापाबाट २०, सुनसरीबाट २४, ताप्लेजुङबाट २, उदयपुरबाट ४, सोलुखुम्बुबाट २, ओखलढुंगाबाट १, धनकुटाबाट ६, संखुवासभाबाट ७, इलामबाट १४, पाँचथरबाट ७, खोटाङ र मोरङबाट ३/३, तेह्रथुमबाट ९ र उदयपुरबाट एक जनालाई पक्राउ गरिएको छ । यसैगरी पर्साबाट २, सर्लाहीबाट १ र महोत्तरीबाट २ जना गरेर प्रदेश २ बाट जम्मा ५ जना पक्राउ परेका छन ।’, क्षेत्रीका अनुशार प्रदेश ३ बाट एक सय जना पक्राउ परेका छन ।

प्रचलित कानुन विपरितका गतिविधि गरेको आरोपमा काठमाडौंबाट ५०, ललितपुरबाट ७, भक्तपुरबाट ११, मकवानपुरबाट ६, चितवनबाट १३, रसुवाबाट ६, काभ्रेबाट २, दोलखा र धादिङबाट १/१ र सिन्धुलीबाट ३ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रदेश ४ मा ११ जना समातिएका छन् । पर्वत, तनहुँ र म्यादीबाट २/२, गोरखा, लमजुङ कास्की, मुस्ताङ र बागलुङबाट १/१ जना पक्राउ परेका हुन् । प्रदेश ५ मा ७ र प्रदेश ६ मा २१ जना पक्राउ परेका छन । कार्यालयले दिएको जानकारी अनुशार प्रदेश ५ को रोल्पाबाट १, रुपन्देहीबाट १, प्यूठानबाट २ र बाँकेबाट ३ जना गरी ७ जना पक्राउ परेका छन् भन कर्णाली प्रदेश अन्र्तगतका सल्यानबाट ५, डोल्पाबाट ७, मुगुबाट ५, दैलेखबाट र कालिकोटबाट समेत २ जना पक्राउ परेका छन् । प्रहरीले प्रदेश ७ को डडेल्धुराबाट १, कैलालीबाट ७, बैतडी र बझाङबाट ३/३ जना पक्राउ परेका छन् ।

माथि उल्लेख गरिएको सबै नेकपा (विप्लप) समुहका रहेका छन् ।

पक्राउ पर्नेमा स्वतन्त्र मधेश गठबन्दनका नाममा विभिन्न क्रियाकलाप सञ्चालन गर्दे आएको सीके राउत समुहका ३१ जनालाई समेत विभिन्न क्षेत्रबाट पक्राउ गरिएको छ ।
पक्राउ परेका मध्ये धनुषाबाट २८ जना छन भने सिराहाबाट ३ जना रहेका नेपाल प्हरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
चुनावमा ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
निर्मला प्रकरण : गृहमन्त्रीका छोरालाई पनि अनुशन्धान गर्न माग
निर्मला प्रकरण : गृहमन्त्रीका छोरालाई पनि अनुशन्धान गर्न माग

तपाईंले छुटाउनुभयो कि?