इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ५, २०७६
|
|
४० पटक हेरिएको
Shares
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह

सारांश

  • इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत पाइएको छ ।
  • उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो ।
  • स्पटबोयका अनुसार उनको शव आइतबार राती भेटिएको हो जसलाई पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो ।

इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत पाइएको छ । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो ।स्पटबोयका अनुसार उनको शव आइतबार राती भेटिएको हो जसलाई पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।रिपोर्टमा बताइए अनुसार सोहन पछिल्लो समय एक्लै बसिरहेका थिए किनभने उनकी श्रीमती दिल्लीमा थिइन् । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई अन्तिम पटक उनको घरमा काम गर्न आएकी सहयोगीले देखेकी थिइन् ।सोहन सोसल मिडियामा १३ जूनसम्म एक्टिभ थिए ।

उनले सारेगामापा लिटिल च्याम्पको फिनालेबारे ९ जूनमा पोष्ट गरेका थिए । यद्यपि, जब सोहन चौहानका भाइले शनिबार उनीसँग सम्पर्क गर्ने कोसिस गरे तब उनी असफल भए ।त्यसकारण उनले दाइ हराएको रिपोर्ट पुलिसमा दर्ता गरे । आइबार बिहान करिब साढे सात बने स्थानीयले पुलिसलाई पोखरीमा शव तैरिरहेको बारे जानकारी दिए ।पुलिस अनुसन्धान अनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनी बसेको घरमा राखिएको सिसिटिभी फुटेज अनुसार सोहन चौहानलाई आइतबार हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको थियो । उनको अन्तिम संस्कार पछि पुलिसले घरको अनुसन्धान गर्यो । उनको कोठाभित्र रमको एउटा खाली बोतल र एउटा डायरी भेटियो जसमा सोहन चौहान कविता लेख्थे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?