आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३, २०७९
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • ४ मंसिरमा तय भएको आमनिर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ।
  • पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए ।

काठमाडौं। ४ मंसिरमा तय भएको आमनिर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ। पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलहरुले भने आज बन्दसूची बुझाउने भएका छन्।

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन्। निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ।

समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस-आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ। प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको १५ मिनेट भेटवार्ता तय, आधा दर्जन एजेन्डामा छलफल हुने
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
कृषिमा बजेट कम भएको मन्त्रीकै गुनासो
कृषिमा बजेट कम भएको मन्त्रीकै गुनासो
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)
अरिङ्गालको परिकार ग्राहकको रोजाइमा
अरिङ्गालको परिकार ग्राहकको रोजाइमा
प्रहरी हिरासत बाट डाक्टर गोविन्द केसीको नेपाल आमालाई मर्मस्पर्सी पत्र
प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’
प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’
शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा
शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा
विद्युत उत्पादन घट्न थाल्यो
विद्युत उत्पादन घट्न थाल्यो