चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २८, २०७६
|
|
२० पटक हेरिएको
Shares
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)

सारांश

  • पूर्व युवराज पारस चर्चामा आइरहन्छन् ।
  • उनी राम्रा कामभन्दा विवादास्पद गतिविधिका कारण चर्चा आउँछन् ।
  • कहिले प्रहरीलाई कुटपिट गर्छन् त कहिले सडकमा बेतोडले गाडी हुँइकाउँछन् ।

पूर्व युवराज पारस चर्चामा आइरहन्छन् । उनी राम्रा कामभन्दा विवादास्पद गतिविधिका कारण चर्चा आउँछन् । कहिले प्रहरीलाई कुटपिट गर्छन् त कहिले सडकमा बेतोडले गाडी हुँइकाउँछन् । कहिले उनी होश गुमाएको अवस्थामा भेटिन्छन् । युवराज पारस थाइल्यान्डमा हुँदा लागूऔषध काण्डमा मुछिए । उनी पक्राउ पनि परे । थाइल्यान्डबाट उनलाई फकाइयो ।

त्यहाँ उनको केटी साथी कन्निकासँग सम्बन्ध टुट्यो । कन्निका पारसको यादमा तड्पिइरहिन् । उनले अहिले पनि फेसबुकमा पारससँगको तस्बिर पोष्ट गर्छिन् । पारससँगको सम्बन्धबाट थाई महिला कन्निका निकै चर्चामा आइन् । अब पालो सोनिका रोकायाको आएको छ । उनी पारससँग जोडिएर चर्चामा आउन थालेकी छिन् । पारसको सानदार मोटरसाइकल पछाडि बसेको तस्बिर र भिडियो पोष्ट गर्न थालेकी छिन् ।

पारससँग नजिकिएकी सोनिकालाई चर्चाको तरिका मिलेको छ । सोनिकाले फेसबुकमा पारससँगको तस्बिर पनि राखेकी छिन् । तर, यसले पारसलाई भने झन् बदनाम बनाए्रको छ । जसरी पनि चर्चामा आउने सोनिकासँग पारसको हिमचिमलाई राजावादीले रुचाएका छैनन् । यसमा उनीहरुले राजसंस्थाविरोधीको षड्यन्त्र देखेका छन् ।

https://www.tiktok.com/trending?refer=embed

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?