आज सुन तोलामा ८ सयले बृद्धि
सारांश
- नेपाली बजारमा हिजो स्थिर रहेको सुनचाँदीको मुल्य आज बृद्धि भएको छ ।
- सोमबार सुन तोलामा ८ सय रुपैयाँले बृद्धि भएको हो ।
- आज छापावाला सुनचाँदीको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा हिजो स्थिर रहेको सुनचाँदीको मुल्य आज बृद्धि भएको छ । सोमबार सुन तोलामा ८ सय रुपैयाँले बृद्धि भएको हो ।
आज छापावाला सुनचाँदीको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।
यसैगरी चाँदीको मुल्य पनि सोमबार बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया