सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
२० पटक हेरिएको
Shares
सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

सारांश

  • बैतडी, १ असोज (रासस) ः सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ ।
  • विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।
  • पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताउनुभयो ।

बैतडी, १ असोज (रासस) ः सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ ।

विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताउनुभयो ।

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको भनाइ छ । सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्ला वा अन्य बोटबिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ ।

ओल्के संक्रान्तिका दिन गोठालाले बूढीको प्रतिमा राखेर त्यसमा दैनिक रुखका हाँगा थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छ । गाई गोठालाले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखबाट निर्मित बूढीको पुत्लालाई साँझपख जलाउने गर्छन् । दोबाटामा जलाइएको पुतनाको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकैका अलिक उँचो टाकुरामा सबै मिलेर रूखका हाँगाबिगा, झ््याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । सो थुप्रालाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ । सो बूढीलाई नै आज असोज संक्रान्तिका दिन साँझ प्रत्येक घरघरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाई साँझ दोबाटामा लगेर जलाउने गरिन्छ । गोठालाहरुसाँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने गर्छन् ।

त्यस्तै बूढी पोलेर घर फर्किने क्रममा बाटा बाटामा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाको बैठकले शोक प्रस्ताव पारित
राष्ट्रिय सभाको बैठकले शोक प्रस्ताव पारित
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
गोप्य मन्दिर बनाउने जिम्मा विदेशीलाई दिइँदै
रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता ,जोशीको बागी उम्मेदवारी ।
रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता ,जोशीको बागी उम्मेदवारी ।
नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार
बालुवाटार जग्गा प्रकरण : माधव नेपाल पछि बाबुराम भट्टराई पनि मुछिए
बालुवाटार जग्गा प्रकरण : माधव नेपाल पछि बाबुराम भट्टराई पनि मुछिए
सुन चोरीको आरोपमा कारागार
सुन चोरीको आरोपमा कारागार
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !
३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !

तपाईंले छुटाउनुभयो कि?