आत्मघाती बम हमलामा दुई प्रहरीकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
आत्मघाती बम हमलामा दुई प्रहरीकाे मृत्यु

सारांश

  • बग्दाद ,१४ भदौ ।
  • तेलको धनी प्रान्तको रुपमा रहेको उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमण भएको छ ।
  • यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

बग्दाद ,१४ भदौ । तेलको धनी प्रान्तको रुपमा रहेको उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमण भएको छ । यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । किर्कुकको ग्रामीण इलाका हवीजाह क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर विस्फोटन गराएका थिए । उक्त स्थान किर्कुक प्रान्तको प्रान्तीय शहर नामेकाकेबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको छ । हवीजाह प्रहरीका प्रवक्ता मोस्ताफा अब्दुल राजाक आक्रमण र हताहतको पुष्टी गरे ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि सुरक्षा अधिकारी, सर्वसाधारणको जम्मा हुने स्थल क्याफे, मस्जिद, बजार इलाकालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टट्ेस (आइएस)ले आक्रमण गराएको हुनसक्ने सुरक्षा अधिकारीको दाबी गरेका छन् । इराकी सुरक्षा बलले आइएस आतङ्ककारी विरुद्ध पश्चिम किर्कुकको हवीजाह क्षेत्र, मोसुल र सलाहुदिन प्रान्तमा कारबाही जारी राखेपछि बर्षौदेखि आफ्नो बलियो पकड रहेको यस इलाकाबाट गएको केही महिनायता दर्जनौ आइएस आतङ्ककारी त्यहाँबाट भाग्न बाध्य भएका थिए ।

अतिवादी समूहले एक पटक कब्जा लिएको सबै इलाका इराकी सुरक्षाबलले पुनः कब्जा लिएपछि सन् २०१७ को डिसेम्बरमा इराकी सरकारी अधिकारीले इराक आइएस आतङ्ककारीकबाट मुक्त भएको दाबी गरेको थियो । यद्यपी हाल पनि नगर र ग्रामीण इलाकामा आइएस आतङ्ककारीको उपस्थिति रहेको र उनीहरुका आफूहरुलाई पुनः समूह बनाउँदै आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा एकैदिन १४०३ जना कोरोना संक्रमित थपिए
अन्नपूर्ण महोत्सवको दोस्रो चरण पुस १० देखि
अन्नपूर्ण महोत्सवको दोस्रो चरण पुस १० देखि
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
३ तले घर भएकाको हातमा पुग्यो ‘गरिब परिचय’ पत्र
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो
प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो
सिके राउतका कार्यकर्ता पक्राउ, राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु
सिके राउतका कार्यकर्ता पक्राउ, राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु
हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’
हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात