प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
५० पटक हेरिएको
Shares
प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगियो

सारांश

  • काठमाडौं, ३ मंसिर।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिएको छ।
  • उनको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट शव बहानमा राखेर पेरिसडाँडा लगिएको थियो।

काठमाडौं, ३ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिएको छ। उनको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट शव बहानमा राखेर पेरिसडाँडा लगिएको थियो।

चिकित्सकहरुले प्रकाशको आकस्मिक हृयदघातको कारण निधन भएको बताएका थिए। प्रकाशको अस्पताल पुर्‌याउनु तीन घण्टाअघि नै मृत्यु भएको अनुमान गरेका छन्।

बिहान नियमित समय नउठेपछि आमा सीताले घचघच्याएको थिइन् । त्यस समयमा नउठेपछि सुरक्षाकर्मीलाई खबर गरेर अस्पताल लगिएको थियो। बिहान पाँच बजेर ५० मिनेटमा अस्पताल पुर्‍याएको नौ मिनेटमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए।

आजै साझ प्रकाशको पशुपति आर्यघाट अन्त्येष्टी गरिने कार्यक्रम रहेको छ।

तस्विरहरु: सान केसी

(https://www.disabilityhelpcenter.org/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pasang Dorje Bomjan

    हार्दिक श्रान्दन्जलि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?