काठमाडौंमा एकैदिन १४०३ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २८ असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय ३ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, २८ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय ३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ९ सय ४७ जनाको पिसीआर परिक्षणमा २६ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २१७४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ८० हजार ९ सय ५४ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ९९६ जना र ललितपुरका ३०५ जना र भक्तपुरका १०२ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?