आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
३७ पटक हेरिएको
Shares
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ

सारांश

  • अवैध लागुऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
  • स्याङजाको आँधिखोला गाउँपालिका–४ लप्सिबोटका मिना लामिछानेलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
  • मिनाले आफ्नै घरबाट गाँजा बिक्री गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी चिलाउनेबासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

अवैध लागुऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । स्याङजाको आँधिखोला गाउँपालिका–४ लप्सिबोटका मिना लामिछानेलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

मिनाले आफ्नै घरबाट गाँजा बिक्री गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी चिलाउनेबासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै गाँजा किन्न आउने सोही गाउँपालिका–२ मडुवा बस्ने ५ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

त्यस्तै नवलपरासी गैडाकोट नगरपालिका–१ का १९ वर्षीय सुर्य थापा मगरलाई करिब १ किलो अवैध लागौषध गाँजा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । मगरले आफ्नै घरमा लागूऔषध गाँजाको कारोवार गरिरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा
पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा
निर्मला हत्या प्रकरण:  प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
निर्मला हत्या प्रकरण: प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !
टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
उदयपुरमा ३ व्यक्ति पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद
उदयपुरमा ३ व्यक्ति पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
बाँदर आतङ्कले गाउँ रित्तिँदै
बाँदर आतङ्कले गाउँ रित्तिँदै

तपाईंले छुटाउनुभयो कि?