टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !
सारांश
- काठमाडाैँ, १७ असाेज ।
- टि २० विश्वकप २०२० का लागि पहिलाे चरणकाे छनाेट प्रतियाेगिता खेल्न मलेसिया गएकाे नेपाली टाेलीले बुधबार म्यानमारकाे सामना गर्दैछ ।
- एसिया उपक्षेत्रिय छनाेट अन्तर्गत समूह बि मा रहेकाे नेपालले अाफ्नाे पहिलाे खेल अन्तर्गत म्यानमारसँग खेल्ने भएकाे हाे ।
काठमाडाैँ, १७ असाेज । टि २० विश्वकप २०२० का लागि पहिलाे चरणकाे छनाेट प्रतियाेगिता खेल्न मलेसिया गएकाे नेपाली टाेलीले बुधबार म्यानमारकाे सामना गर्दैछ । एसिया उपक्षेत्रिय छनाेट अन्तर्गत समूह बि मा रहेकाे नेपालले अाफ्नाे पहिलाे खेल अन्तर्गत म्यानमारसँग खेल्ने भएकाे हाे ।

समूहमा नेपाल र म्यानमार सहित चीन थाइल्याण्ड सिगांगापुर भुटान र अायाेजक मलेसिया रहेका छन् । प्रतियाेगिताकाे पहिलाे दिन थाइल्याण्ड र मलेसियाले विजयी सुरुवात गरेका छन् । थाइल्याण्डले चीनलाई १० विकेटले गुमाएकाे छ भने अायाेजक मलेसियाले भुटानलाई ६७ रनले पराजित गरेकाे हाे । निर्धारित २० अाेभरमा चीनले ३५ रन मात्र बनाउन सकेपछि थाइल्याण्डले ३६ रनकाे लक्ष्य २ दशमलब ४ अाेभरमा कुनै विकेट नगुमाइ भेटाएकाे हाे भने भुटानले १ सय ५४ रनकाे लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सकेकाे थियाे ।

म्यानमार सँगकाे पछिल्लाे खेल नेपालका लागि सुखद रहेकाे थियाे । क्रिकेटकाे इतिहासमा सबैभन्दा कम स्काेरमा राेकेकाे र सबैभन्दा छिटाे लक्ष्य पछ्याएकाे किर्तिमान नेपालकाे नाममा रहेकाे छ जुन म्यानमार कै खिलाफ बनेकाे थियाे । सन २००६ मा भएकाे एसिसि क्रिकेट प्रतियाेगितामा नेपालले म्यानमार विरुद्ध १० विकेटकाे जित निकालेकाे थियाे । उक्त खेलमा म्यानमारले बनाएकाे १० रन र नेपालले २ बलमै पछ्याएकाे ११ रनकाे लक्ष्य दुवै विश्व किर्तिमान हुन् ।

पहिलाे चरणकाे छनाेट प्रतियाेगितामा शिर्ष ३ मा रहने टाेली दाेस्राे चरणकाे छनाेट प्रतियाेगिता खेल्नेछन् । त्यस्तै दाेस्राे चरणबाट दुई टाेली विश्वव्यापी छनाेट प्रतियाेगिता खेल्नेछन् । जुन प्रतियाेगिताका शिर्ष ६ टाेली सन २०२० मा अष्ट्रेलेलियामा हुने २० अाेभरकाे विश्वकप क्रिकेट खेल्नेछन् । यसअघि नेपालले सन २०१४ काे २० अाेभरकाे विश्वकप क्रिकेट खेलेकाे थियाे ।

प्रतिक्रिया