आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा

सारांश

  • काठमाडौँ, १५ साउन – साउने सङ्क्रान्तिको मध्यावधि साउन १५ गते आइतबार दुग्ध पदार्थबाट तयार गरिएको खिर भोजन गरी साउन पन्ध्र मनाइँदै छ ।
  • वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ, गोरखापत्रमा खबर छ ।
  • असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।

काठमाडौँ, १५ साउन – साउने सङ्क्रान्तिको मध्यावधि साउन १५ गते आइतबार दुग्ध पदार्थबाट तयार गरिएको खिर भोजन गरी साउन पन्ध्र मनाइँदै छ । वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ, गोरखापत्रमा खबर छ । असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।
आर्यघाटका वैद्य सुवर्ण वैद्यले मरिच, दाख, सुकेको नरिवल, दालचिनी, दाख राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको बताए । वैद्यका अनुसार खिरमा मिसाइने यी मसलाले यो याममा निकै फाइदा गर्छ र शरीरको तापमान सन्तुलन गराउँछ ।

कृषिजन्य उत्पादन मानिने दूध र चामल मिश्रित खीर अनि त्यससँग मात्राअनुसार मिसाइने चिनी वा मिश्रीको सम्मिश्रणबाट तयार हुने खीर मुख मिठ्याउने मात्र नभएर शरीर स्वस्थ राख्न उपयुक्त भोजन रहेको वैद्यले बताए ।
असार १५ मा रोपारलाई बेफुर्सद हुने गरेकामा साउन १५ मा भने खेतमा उम्रिएका झारपात उखेलिसकेर फुर्सदको समय हुन्छ भनिन्छ ।यही समयमा खीर खाँदा राम्रो हुन्छ भन्ने पुरानो मान्यता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र
विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र
अब उपनाम राखेर पनि नागरिकता लिन सक्ने
अब उपनाम राखेर पनि नागरिकता लिन सक्ने
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
भदौ ६ गते शुक्रबारको राशिफल यस्तो छ
कर्णाली प्रदेशको चौथो क्याबिनेट बैठक प्रधानमन्त्रीसँगै रारामा
कर्णाली प्रदेशको चौथो क्याबिनेट बैठक प्रधानमन्त्रीसँगै रारामा
विश्वकप फुटबलको एसिया छनोट :  आज नेपाल र लाओस भिड्दै
विश्वकप फुटबलको एसिया छनोट : आज नेपाल र लाओस भिड्दै
जिपले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
आजदेखि संसद अधिवेसन, सत्तापक्ष र प्रतिपक्षबीच भिडन्त हुने सम्भावना
आजदेखि संसद अधिवेसन, सत्तापक्ष र प्रतिपक्षबीच भिडन्त हुने सम्भावना
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
ओली-दाहाल भेटवार्ता सम्पन्न, कुरा मिलेन
ओली-दाहाल भेटवार्ता सम्पन्न, कुरा मिलेन