उदयपुरमा ३ व्यक्ति पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
४२ पटक हेरिएको
Shares
उदयपुरमा ३ व्यक्ति पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद

सारांश

  • अस्बिन खड्का उदयपुर, २१ चैत ।
  • उदयपुर जिल्लाको प्रवेशद्वारको रुपमा रहेको त्रियुगा नगरपालिकाको वडा नं– ६ लालपत्ताबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सादा पोशाकमा खटिएको प्रहरीले जिल्लामा हालसम्मकै सबैभन्दा धेरै परिणामको लागुऔषध बरामद गरेको छ ।
  • आज दिउँसो २ बजेतिर लागुऔषध ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गर्नुका साथै लागूऔषध बरामद गरिएको हो ।

अस्बिन खड्का

उदयपुर, २१ चैत । उदयपुर जिल्लाको प्रवेशद्वारको रुपमा रहेको त्रियुगा नगरपालिकाको वडा नं– ६ लालपत्ताबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सादा पोशाकमा खटिएको प्रहरीले जिल्लामा हालसम्मकै सबैभन्दा धेरै परिणामको लागुऔषध बरामद गरेको छ । आज दिउँसो २ बजेतिर लागुऔषध ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गर्नुका साथै लागूऔषध बरामद गरिएको हो ।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका– ६ लालपत्ताका २० वर्षीय अनिश खडका, २१ वर्षीय सञ्जीव खडका र २३ वर्षीय प्रकाश खड्का रहेको प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । उनीहरुलाई सप्तरी जिल्लाको कदमाहाबाट गाईघाटतर्फ आइरहेको अवस्थामा सादा पोशाकमा खटिएको प्र.स.नि. इन्द्र श्रेष्ठसहित ३ जनाको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि शंका लागेर मोटरसाइकल रोकी खानतलासी गर्दा अवैध लागुऔषध डाईजेलाब ३०० एम्पुल, फेनरागन २९८, एम्पुल, नुफिन २९९ एम्पुल गरी जम्मा ८९७ एम्पुल र नाईटेभेट गोटी २० पत्ता गरी जम्मा ३०० पीससहित स्टिकरहरु समेत बरामद गरिएको छ । उनीहरुलाई स.६.प. २०७६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार बरामद भएको लागुऔषधको मूल्य अनुमानित ३ लाखभन्दा बढी रहेको छ । “यो अहिलेसम्मको बरामद लागुऔषधको सबैभन्दा ठूलो परिमाण हो”, एसपी भट्टले भने, “यसमा ठूलो गिरोह नै सक्रिय भएर लागिरहेको देखिएको छ । अब थप अनुसन्धानमार्फत सम्बन्धित सबै कुराको अनुसन्धान गरी अपराधी पक्राउ गर्ने दिशामा हामी अगाडि बढ्छौं ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
नेकपाका नेता चौलागाईंलाई पितृ शोक
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
देउवाप्रति विवेक देखाउन नसक्ने सागर कसरी विवेकशिल ?
देउवाप्रति विवेक देखाउन नसक्ने सागर कसरी विवेकशिल ?
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश
राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
पश्चिमी वायुको प्रभावले वर्षा, चन्द्रागिरि र फुलचोकीमा हिमताप
पश्चिमी वायुको प्रभावले वर्षा, चन्द्रागिरि र फुलचोकीमा हिमताप