आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री ओली

सारांश

  • ललितपुर, १७ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
  • तुलसीलाल स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसी लालको योगदान’ कार्यक्रममा उनले प्रतिपक्षले आफ्नो भूमिका निभाउन छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप लगाए ।

ललितपुर, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसी लालको योगदान’ कार्यक्रममा उनले प्रतिपक्षले आफ्नो भूमिका निभाउन छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप लगाए । प्रधानन्यायाधीश सुनुवाइमा सुनुवाइ समितिलाई संविधानसम्वत काम गर्न प्रतिपक्षले नदिएको भन्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको स्मरण गराए । उनले, “समितिलाई काम गर्न नदिएर बोल्ने÷बोलाउने र लेख्ने÷लेखाउने काम भइरहेको छ ।”

जनताले निर्वाचनमार्फत चुनेका जनप्रतिनिधिले संसद्मा खुला छलफल गर्न नपाएको भन्दै प्रधानमन्त्री ओलीले भने, “संविधानअनुसार पनि संसद्मा नै छलफल गरेर निर्णय हुनुपर्छ ।” उनले संसद्को निर्णयभन्दा पनि अरुले गरेको निर्णय मान्नु गलत भएको औँल्याए । संसद्को आदेश नमान्ने भए एक जना प्रधानमन्त्री र एक जना प्रतिपक्षी दलका संसदीय दलका नेता भए पुग्ने भन्दै प्रधानमन्त्री ओलीले संसद्मा सबैले खुला छलफल भएर आफ्नो काम गर्न पाउनुपर्नेमा जोड दिए। नेपालमा लोकतन्त्रले सीमा नाँघेर अनियन्त्रित क्रियाकलाप हुँदै गएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “लोकतन्त्र अनियन्त्रित हुँदै जाँदा अराजकता बढ्दै जान्छ ।” उहाँले सरकारमा माथि अकारण हमला भइरहेको उल्लेख गरे ।

तुलसीलाल अमात्यलगायत स्थापनाकालका नेताका कारण वामपन्थी आन्दोलनले उचाइमा पुगेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “उहाँहरुको त्याग, तपस्या र अनवरत बलिदान र संघर्षले आन्दोलनलाई जीवित बनाएको थियो ।” पहिलो पुस्ताका नेताहरुबाट आफूहरुले पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “पहिलो पुस्ता जीवित हुँदा एकले अर्काेलाई नमान्ने प्रवृत्ति थियो, अहिले त्यो हटेर परिपक्व वामपन्थी आन्दोलनको अवस्था सिर्जना हुँदै गएको छ ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिले हमला र घेराबन्दी नरोकेको बताए ।

वामपन्थी शक्तिको एकता सिंगो विश्वका लागि असाधारण घटना भएको उल्लेख गर्दै उनले भने “यो पहलकदमी विश्वव्यापी महत्वको घटना हो र सबैले ध्यानपूर्वक हामीलाई हेरिरहेका छन् ।” विश्वभरका श्रमजीवि र वामपन्थीले अहिले नेपाललाई नियालेको उनले औँल्याए । अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको पछाडि लागेको पुच्छर लामो समयपछि हट्नु र झण्डै दुई तिहाइ बहुमतको वामपन्थी सरकार सबैको चासोको विषय बनेको बताए । पार्टीले तल्ला तहका कमिटीलाई एकता गर्न परिपत्र गरिएको जानकारी दिँदै उनले भने, “अहिलेसम्म केन्द्रमा मात्रै एकता भएकोमा आगामी दिनमा तल्ला कमिटीसम्म एकता हुनेछ ।”

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कमी कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “अहिले नयाँ खालको समाजवाद विकास गर्नै खाँचो छ । अग्रज वामपन्थी नेताबाट प्रेरणा लिएर अघि बढ्नुपर्छ ।” राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले तुलसीलाल काठमाडौँ उपत्यकामा जन्मेर पनि परिवर्तनका लागि नेपालको गाउँगाउँसम्म पुग्नुभएको स्मरण गरे । तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले तुलसीलाल अमात्यका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे ।

(https://www.biolighttechnologies.com)

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    इमरान बान्तावा राई

    Good

    Comment Author

    Ganesh Shakya

    हैन, अहिले सम्म के पो काम गर्‍यो पिएम भएर उहाले र चित्त बुझाउनु ।

    Comment Author

    DB Khadgi Dilu

    बल्ल घैंटोमा घाम लागे जस्तो छ । अब धेरै भाषण बाजी र ठट्टा गर्ने होईन । हावादारी गफ र वाक यूद्ध बिल्कुल बन्द । देशको हित र जनताको भावना बुझेर कामलाई अगाडी बढाउनुहोस तपाईको अनि देश र जनताको जय हुनेछ ।

    Comment Author

    Sudip Mahato

    sahi ho b positive

    Comment Author

    Dipendra Singh

    Kp chor

    Comment Author

    Omprakash Malla

    Yes

    Comment Author

    Dipak Lama

    Gaukhany ktha mapo pratspardagarny Hoki?

    Comment Author

    Hsejar Francu Gnamat

    Niti tatha karyakram ma pratishpardha garera matra vayena karyanayan hunu paro ni kaam garnu paro

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
गैँडा मृत्युको कारण खोज्न शुरु
गैँडा मृत्युको कारण खोज्न शुरु
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
ढोरपाटनमा छ नाउर र तीन झारलको सिकार
ढोरपाटनमा छ नाउर र तीन झारलको सिकार
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
असार २६ गते शुक्रवारको राशिफल यस्तो छ
असार २६ गते शुक्रवारको राशिफल यस्तो छ
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित
तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित
पुसको अन्त्यसम्म रेलमार्ग संचालन हुने
पुसको अन्त्यसम्म रेलमार्ग संचालन हुने
नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय  सार्वजनिक
नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?