तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित

सारांश

  • काठमाडाैँ, २० साउन ।
  • बंगलादेश  वेष्ट इण्डिजसँगको दोस्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा १२ रनले विजयी भएको छ ।
  •   तामिम इकबालकाे ७४ रन र नाज्लुम इश्लामकाे किफायति बलिङ सहितकाे ३ विकेटकाे मदतमा बंगलादेशले जित सम्भव बनाएकाे हाे ।

काठमाडाैँ, २० साउन । बंगलादेश  वेष्ट इण्डिजसँगको दोस्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा १२ रनले विजयी भएको छ ।  तामिम इकबालकाे ७४ रन र नाज्लुम इश्लामकाे किफायति बलिङ सहितकाे ३ विकेटकाे मदतमा बंगलादेशले जित सम्भव बनाएकाे हाे । १ सय ७२ रनको लक्ष पाएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सकेपछि बंगलादेश विजयी भएको हो ।

यो जितसँगै तीन ट्वेण्टी ट्वेण्टी खेलको शृंखला एक एकको बराबरीमा पुगेको छ । आन्द्रे फ्लेचर र  रोभमन पोवेलले ४३ –४३ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । बंगलादेशका मुस्ताफिजुर रहेमान र नाज्लुम इश्लामले तीन तीन तथा सकिब अल हसनले दुई विकेट लिए ।  यूएईमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियाे । बंगलादेशका तमिम इकबालले ७४ र सकिब अल हसनले ६० रन बनाए । तमिमले ४४ बलमा ६ चौका र ४ छक्कासहित ७१ रन बनाएका हुन् भने सकिबले ३८ बलमा ६० रन ९ चौका र १ छक्का प्रहार गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?