नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०८०
|
|
२५ पटक हेरिएको
Shares
नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय  सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • प्रहरीले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई सार्वजनिक गरेकाे छ ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको बिभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकता सहित पक्राउ गरि सार्वजनिक गरेको हो ।

काठमाडौं । प्रहरीले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई सार्वजनिक गरेकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको बिभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकता सहित पक्राउ गरि सार्वजनिक गरेको हो ।

एकै घर परिवारका बाबु, छोरा लगाएतले बिभिन्न स्थानबाट नेपाली नागरिकता लिएको देखिएको प्रहरीले जनाएका छन् ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगाएत समेत बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए । उनले अहिले १० जनालाई पक्राउ गरि कारवाहीको प्रक्रिया अघि बढाइसकेको र शंकास्पद केहिमाथि अनुसन्धान जारी रहेको बताए ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल गुप्ता, बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने रामसुन्दर गुप्ता, गोंगबु बस्ने रामप्रवेश गुप्ता, कलंकी बस्ने भरत गुप्ता,स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?