साेमबार नेपालको खेल एस टि क्रस क्रीकेट क्लबसँग, सुवाष र ज्ञानेन्द्रलाई चुनौति

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैँ, ७ साउन ।
  • युरोप भ्रमणमा रहेको नेपाली क्रीकेट टोलिले आज एस टि क्रस क्रीकेट क्लबसँग अभ्यास खेल खेल्दै छ।
  • एमसिसी र नेदरल्यान्ड बिरुद्ध हुने त्रिकोणात्मक टि-ट्वान्टी सिरिजका लागी तयारीका क्रममा नेपालले अभ्यास खेल खेल्न लागेको हो ।

काठमाडाैँ, ७ साउन । युरोप भ्रमणमा रहेको नेपाली क्रीकेट टोलिले आज एस टि क्रस क्रीकेट क्लबसँग अभ्यास खेल खेल्दै छ। एमसिसी र नेदरल्यान्ड बिरुद्ध हुने त्रिकोणात्मक टि-ट्वान्टी सिरिजका लागी तयारीका क्रममा नेपालले अभ्यास खेल खेल्न लागेको हो । खेल २० ओभरको हुनेछ ।

यस अघि नेपालले हाम्पसायर हग्स सँग ५० ओभरको खेल खेलेको थियो । जसमा कप्तान पारस खड्काको १६१ रनको मदतमा नेपालले २४३ रनको ठुलो अन्तरले खेल जितेको थियो । अघिल्लो खेलमा जम्न नसकेका दुबै ओपनर ज्ञानेन्द्र मल्ल र सुवाष खकुरेलले कस्तो प्रदर्शन गर्छन त्यो चासोको बिषय हुनेछ । ग्यानेन्द्र मल्ल फेब्रुअरीमा भएको डिभिजन २ को प्रतियोगिताबाट नै ब्याटिङमा संघर्ष गरिरहेका छन। अन्तरास्ट्रिय खेलमा एउटा पनि सम्झन लाएक पारी नखेलेका उनले घरेलु प्रतियोगिता डिपिएलमा भने सर्वाधिक रन हानेका थिए ।

त्यस्तै हातको चोटका कारण टिमबाट बाहिरिनु परेका सुवासलाई पुन टोलिमा फर्कन दुई वर्ष लाग्यो । घरेलु प्रतियोगितामा लगातार राम्रो प्रदर्शन गरेपछी उनि टोलिमा परेका हुन् । जेठमा सम्पन्न प्रधानमन्त्री कपमा उनले एक सतक सहित सम्हालिएको ब्याटिङ गरेका थिए ।
लर्डसमा हुने त्रिकोणात्मस खेल पछि नेपाल आफ्नो ऐतिहासिक एकदिवसीय सिरिजका लागी नेदरल्यान्ड प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?