एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचारी, एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसामा संयुक्त अरब इमिरेट्स पुगेर बिच्चलीमा परेका १५ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरेको छ।
  • सरकारले काम गर्ने उद्देश्यले टुरिस्ट भिसामा खाडी मुलुक जान रोक लगाएको छ।
  • विमानस्थलस्थित अध्यागमनका कर्मचारी र प्रहरीले सरकारी नीतिको धज्जी उडाउँदै मोटो रकमको प्रलोभनमा परी टुरिस्ट भिसाका व्यक्तिलाई सेटिङ गरी युएई पठाएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचारी, एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसामा संयुक्त अरब इमिरेट्स पुगेर बिच्चलीमा परेका १५ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरेको छ। सरकारले काम गर्ने उद्देश्यले टुरिस्ट भिसामा खाडी मुलुक जान रोक लगाएको छ। विमानस्थलस्थित अध्यागमनका कर्मचारी र प्रहरीले सरकारी नीतिको धज्जी उडाउँदै मोटो रकमको प्रलोभनमा परी टुरिस्ट भिसाका व्यक्तिलाई सेटिङ गरी युएई पठाएका थिए।

दलालमार्फत युएई पुगेकाहरूले काम नपाएको र पठाउने व्यक्तिले समेत रेस्पोन्स नगरेको भन्दै दूतावासमा उजुरी गरेका थिए। उनीहरूलाई युएईस्थित नेपाली दूतावासले १० दिनपछि सकुसल नेपाल फर्काएको हो। उद्धार हुनेहरूमा मकवानपुरका सुनिल रावत, भीमबहादुर बम्जन, नवराज लो, सुन्दर तामाङ, दीपेन्द्र साम्देन, सुकुराम थिङ, बाग्लुङका इन्द्रबहादुर थापा, राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्यानका कमल बुढाथोकी, तनहुँका ज्ञानबहादुर तामाङ, गोरखाका चन्द्रबहादुर गुरुङ, बाँकेका तुलसीप्रसाद शर्मा, सिन्धुपाल्चोकका फञ्जो तामाङ र काभ्रेका नरेश तामाङ छन्।

काठमाडौंस्थित पान्डोरा इन्कर्पोरेसन प्रालिका सञ्चालक इश्वर भण्डारी, कार्यकारी निर्देशक केशव थापा र दलालहरू मकवानपुरका दिनेश लामा मोक्तान र धादिङका रमेश कँुवरले उनीहरूलाई युएई पठाएका थिए। खाडी मुलुक जाने जो कोहीले साथमा एक हजार डलर, दुईतर्फी हवाई टिकट, होटल बुकिङ गरेपछि मात्रै प्रस्थान अनुमति पाउँछन्। तर अध्यागमनका कर्मचारीले यिनीहरूको हकमा केही खोजेनन्। सेटिङमा भएकालाई विमानस्थलमा न अध्यामगनका कर्मचारीले सोधखोज गर्छन् न त प्रहरीले नै, उनीहरू बिनारोकतोक खाडी मुलुक जान्छन्।

 मकवानपुरका सिमाने बम्जनको भने राहदानी हराएका कारण त्यहाँको प्रहरीले क्लियरेन्स दिएपछि नेपाल आउने छन्। यसअघि गत आइतबार पनि युएईस्थित नेपाली दूतावासले २८ जना नेपाली कामदारलाई उद्धार गरेको थियो। सिवाकोटी म्यानपावर कम्पनीबाट सुरक्षाकर्मीको रूपमा युएईस्थित रोयल फाल्कोन सेक्युरिटी कम्पनीमा कार्यरत उनीहरु तलब नपाएर बिचल्लीमा परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?