प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७९
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ ।
  • आयोगमार्फत आमनिर्वाचनको अन्तिम परिणाम प्राप्त गरेसँगै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे थियाे ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ । आयोगमार्फत आमनिर्वाचनको अन्तिम परिणाम प्राप्त गरेसँगै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे थियाे ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नआएपछि नेपालको संविधानको धारा ७६ को उपधारा ९ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न आह्वान भएको हो ।

सरकार गठनका लागि पाँच दलीय गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । यद्यपि, सत्ता गठबन्धनमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै लिन पहल गरिरहेको छ भने, तेस्रो दल माओवादी केन्द्रले पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेको छ । तर, गठबन्धनमा सरकारको नेतृत्व कसले लिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

शनिबार घनीभूत छलफलमा जुटेको गठबन्धनले कुनै निष्कर्ष निकाल्न सकेन । आइतबार बिहानैदेखि सरकार गठनका लागि सहमति जुटाउने गठबन्धनले प्रयत्न गरिरहेको छ । तर माओवादीको अडान र कांग्रेसको लचकतामा कमी नहुनुले सरकार गठनको विषय अन्योलमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?