इन्टरपोलका अध्यक्ष वेपत्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
इन्टरपोलका अध्यक्ष वेपत्ता

सारांश

  •  इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनको श्रीमतीले जानकारी दिएकि छिन् ।
  •   अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ ।
  • उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको जानकारी दिए ।

 इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनको श्रीमतीले जानकारी दिएकि छिन् ।  अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ । उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको जानकारी दिए । फ्रान्सको लियोनबाट चीन प्रस्थान गरेका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

दुवै पक्षका अधिकारीहरूले उनको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ । इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ ।“फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,” विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उहाँको खोजीका लागि परिचलन गर्ने भएको छ ।  मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित भएका थिए। उनको कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?