‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
सारांश
- काठमाडौं ।
- कञ्चनपुर भीमदत्त नगरपालिका-२ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या भएको एक महिना नाघिसक्यो ।
- अझैसम्म अपराधीलाई कार्वाही हुन नसकेको भन्दै उनका साथीहरुले प्रधानमन्त्रीलाई मार्मिक पत्र लेखेका छन् ।
काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिका-२ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या भएको एक महिना नाघिसक्यो । अझैसम्म अपराधीलाई कार्वाही हुन नसकेको भन्दै उनका साथीहरुले प्रधानमन्त्रीलाई मार्मिक पत्र लेखेका छन् ।
कक्षा ९ मा पढिरहेकी निर्मलाको हत्यापछि त्रसित बनेका उनका सँगै पढ्ने साथीले बलात्कारी, हत्यारालाई कार्वाहीको माग गर्दै पत्र लेखेका हुन् ।
उनीहरुले लेखेका छन्, ‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ प्रधानमन्त्री ज्यू ।’
पत्रमा लेखिएको छ, ‘उल्खाटाम कन्चनपुर बस्ने हाम्री साथी निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक महिना भन्दा बढी समय बित्दा पनि अपराधी पत्ता नलागेकोले दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाएकर कडा सजाय माग गर्दै निर्मलाले न्याय पाओस् भन्ने चाहन्छौं ।’
निर्मलाका कक्षामा सँगै पढ्ने साथीहरु जानकी भट्ट, गीता जोशी, लक्ष्मी बडु, पूजा चन्दले संयुक्त हस्ताक्षर गर्दै पत्र लेखेका हुन ।

निर्मलाको घटनामा संलग्न दोषीको खोजी र कार्वाहीको माग गर्दै राख्दै देशभर आन्दोलन पनि चल्यो । निर्मलाको हत्यामा संलग्न रहेको आशंका दिदीबहिनी बबिता र रोशनी बमलाई प्रहरीले हिरासतमा लिएको छ। विहीबार जिल्ला अदालतबाट एकसाता उनिहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया