महामन्त्री शर्मा भन्छन् : कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
२६ पटक हेरिएको
Shares
महामन्त्री शर्मा भन्छन् :  कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से

सारांश

  • दमौली ।
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् ।
  • नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए ।

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए ।

“कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो,” महामन्त्री शर्माले भने।

महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभइ सधैँ सम्मान गर्नुपर्ने बताए । “एकदिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन, आमा त भगवान हुन् सधैँ सम्मान गर्नुपर्छ,” शर्माले भने ।

महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमान्नुभएको चर्चा गर्दै भने, “उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।”

महामन्त्री शर्माले संसद् नहुँदा पनि भट्टराईले यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसद्मा पु¥याएर उहाँमा विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताए ।

सो अवसरमा उम्मेदवार भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए संसद्मा आमा, दिदीबहिनीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाए । भट्टराई आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उनले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण
एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
जितबिहीन नेपाललाई वर्षाले दिलायो अंक
जितबिहीन नेपाललाई वर्षाले दिलायो अंक
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
अाज रातिबाट ‘मौन अवधि’ सुरू ‘
अाज रातिबाट ‘मौन अवधि’ सुरू ‘
विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना
विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा
एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)

तपाईंले छुटाउनुभयो कि?