एकीकृत भन्सारको भवन निर्माणले गति लियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
७८ पटक हेरिएको
Shares
एकीकृत भन्सारको भवन निर्माणले गति लियो

सारांश

  • नेपाल र चीनबीचको द्विपक्षीय व्यापारलाई सहज गर्ने लक्ष्यका साथ निर्माणाधीन रसुवागढी नाकामा एकीकृत भन्सारको कामले गति लिएको छ ।
  • रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दुई देशको सीमा क्षेत्रमा पूर्वाधार विकास निर्माणअन्तर्गत शुरु भएको एकीकृत भन्सार भवन निर्माणका लागि भुइँ सतहमा जमीन सम्याई संरचनाको प्रारूप निस्किसकेकाले तीन वर्ष्भित्र निर्माण हुने अपेक्षा गरिएको छ ।
  • गत वैशाखबाट निर्माण शुरु भएको सो कार्यालय भवन निर्माण भएपछि विदेशी मुद्रा सटही, बैंक, अध्यागमन एवं आयात–निर्यातका पशु एवं कृषिजन्य सामानको गुणस्तर परीक्षण गर्ने क्वारेन्टाइन कार्यालय र सुरक्षा अङ्गका निकायलाई एकीकृत रूपमा कार्य गर्न सहज हुने छ ।

नेपाल र चीनबीचको द्विपक्षीय व्यापारलाई सहज गर्ने लक्ष्यका साथ निर्माणाधीन रसुवागढी नाकामा एकीकृत भन्सारको कामले गति लिएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दुई देशको सीमा क्षेत्रमा पूर्वाधार विकास निर्माणअन्तर्गत शुरु भएको एकीकृत भन्सार भवन निर्माणका लागि भुइँ सतहमा जमीन सम्याई संरचनाको प्रारूप निस्किसकेकाले तीन वर्ष्भित्र निर्माण हुने अपेक्षा गरिएको छ ।

गत वैशाखबाट निर्माण शुरु भएको सो कार्यालय भवन निर्माण भएपछि विदेशी मुद्रा सटही, बैंक, अध्यागमन एवं आयात–निर्यातका पशु एवं कृषिजन्य सामानको गुणस्तर परीक्षण गर्ने क्वारेन्टाइन कार्यालय र सुरक्षा अङ्गका निकायलाई एकीकृत रूपमा कार्य गर्न सहज हुने छ । सो भवन निर्माणको लागतरु ५५ करोड रहेको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो ।

एक हजार ६५८ वर्ग्मिटर जमीनको भूभागमा निर्माण शुरु भएको एकीकृत भन्सार भवनको प्रगति भने २५ प्रतिशत पूरा भएको निर्माणमा संलग्न रबिना कन्स्ट्रक्शनका साइट प्रमुख इन्जिनीयर योगेन्द्र हाङ्फेले बताउनुभयो ।

भवनमा डिजाइनअनुसार प्रतितला २० कोठाको संरचना हुने र माथिल्लो तलामा जाने तीनवटा लिफ्ट रहने प्राविधिकले बताएका छन् । एकीकृत भन्सार भवन नेपाली डिजाइन भएको र भवनको बाहिरी भागमा सामान परीक्षणका लागि स्क्यानर मेशिनसमेत रहने छ ।

आयात–निर्यातका सामग्री परीक्षणका लागि रसुवागढी क्षेत्रमा स्थापित यत्रतत्र रहेका सरकारी निकाय एकीकृत भएपछि सेवा प्रवाहमा थप प्रभावकारी हुने व्यापारी तथा व्यवसायीहरूले बताएका छन् ।

समुन्नत र समृद्व नेपाल निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले भन्सार भवन निर्माणका साथै राजमार्गको स्तरोन्नति एवं सुख्खा बन्दरगाहजस्ता संरचनाको निर्माणमा एकसाथ अगाडि बढ्दा रसुवाली नागरिक उत्साहित भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

(chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह
तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह
टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी
टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी
बहुसंख्यक महिलामा वाइल्ड सेक्सको चाहना
बहुसंख्यक महिलामा वाइल्ड सेक्सको चाहना
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुर नगर प्रमुखमा रमेश नापित विजयी
राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुर नगर प्रमुखमा रमेश नापित विजयी
दशैं लगत्तै मन्त्रिपरिषद् पुनर्गठन, प्रम ओलीले सुरु गरे कसरत
दशैं लगत्तै मन्त्रिपरिषद् पुनर्गठन, प्रम ओलीले सुरु गरे कसरत
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
यी हुन् समानुपातिकबाट छानिने १७ माओवादी सांसद (नामावलीसहित)
यी हुन् समानुपातिकबाट छानिने १७ माओवादी सांसद (नामावलीसहित)
भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरी नियन्त्रणमा
भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरी नियन्त्रणमा