वर्षेनी घट्दै औषधिजन्य जडीबुटीको उत्पादन !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ६, २०७५
|
|
४६ पटक हेरिएको
Shares
वर्षेनी घट्दै औषधिजन्य जडीबुटीको उत्पादन !

सारांश

  • इलाम, ६ असोज ।
  • जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ ।
  • चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् ।

इलाम, ६ असोज । जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् । जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडीबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडीबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिराइतो किसान दिनेश सुवेदी बताउनुहुन्छ । कुनै बेला पाँच मन (एक मनको ४० केजी) सम्म चिराइतो उत्पादन गर्नुभएका सुवेदी अहिले किबी खेतीमा लागेको छु भन्नुहुन्छ ।

“मैले तीन वर्ष अघि मात्र रु २९ हजार प्रति मनमा चिराइतो बेचेको थिएँ तर त्यसकोे मूल्य घटेर अहिले प्रतिमन चारदेखि पाँच हजार मात्र मूल्य छ ।” उच्च पहाडी संस्था नेपालका प्राविधिक युवराज पौडेल (पिसी)का अनुसार किसानले पछिल्लो समय जडीबुटी खेती घटाएर लौठ सल्लालगायत वनस्पतिको खेती गर्न थालेका छन् । जिल्लाका माइपोखरी, पुवामझुवा, सुलुबुङ, बरबोटे, साँखेजुङमा बढी जडीबुटी उत्पादन हुने गरे पनि तिनको मूल्यमा गिरावट आएपछि किसानले जडीबुटी खेती नै छाड्दै गएको जिल्ला वन कार्यालयले जनाएको छ । उक्त कार्यालयको तथ्याङ्कअनुसार इलामबाट चिराइतो यस आवमा १५ हजार ४१६ केजी बिक्री भएको थियो ।

आव २०७३÷०७४ मा बिखमा ३०० केजी, अर्गेली १५ हजार ४०० केजी, लोक्ता एक हजार केजी, सतुवा १५ केजी, रुद्राक्ष १२३ केजी विक्री भएको थियो । यस्तै आव २०७४÷७५ मा सतुवा २५ केजी, अर्गेली २५ हजार २०० केजी, इन्द्रेणी बियाँ २४५ केजी, बिखमा २०० केजी, मजिटो एक हजार २०० केजी पाखनवेद २८० केजी र लौठ सल्ला दुई हजार ५०० केजी मात्र बिक्रीका लागि अनुमति लिन आएको उक्त कार्यालयले जनाएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?