सयौं कम्पनीका लाइसेन्स खारेज गर्ने सरकारको तयारी
सारांश
- काठमाडौँ, ३ वैशाख ।
- सरकारले विद्युत उत्पादन र सर्वेक्षण अनुमतिपत्र लिएका चार सयभन्दा बढी जलविद्युत योजनाहरूमध्ये अधिकांशको अनुमतिपत्र दद्द गर्ने तयारी गरेको छ ।
- अधिकांश कम्पनीहरु काम नगरी विद्युत् उत्पादन क्षेत्र ओगटेर बसेको पाइएकाले तिनीहरुको अनुमतिपत्र रद्द गर्ने तयारी अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, ३ वैशाख । सरकारले विद्युत उत्पादन र सर्वेक्षण अनुमतिपत्र लिएका चार सयभन्दा बढी जलविद्युत योजनाहरूमध्ये अधिकांशको अनुमतिपत्र दद्द गर्ने तयारी गरेको छ ।
अधिकांश कम्पनीहरु काम नगरी विद्युत् उत्पादन क्षेत्र ओगटेर बसेको पाइएकाले तिनीहरुको अनुमतिपत्र रद्द गर्ने तयारी अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न कडा रुपमा प्रस्तुत हुने ऊर्जा मन्त्रालयले नीति लिएको मन्त्रालयका एक अधिकारीले बताए ।
ऊर्जा मन्त्री वर्षमान पुनले पनि काम नगर्नेहरूलाई खारेज गरी काम गर्ने आयोजनाहरुलाई अनुमति दिने व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिइसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया