इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
सारांश
- इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ।
- इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण साेमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएकाे समाचार एजेन्सीहरुले जनाएका छन् ।
- घटनामा ८४३ जना घाइते भएका र २८ जनाजति अझै बेपत्ता रहेका छन् ।
इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ।
इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण साेमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएकाे समाचार एजेन्सीहरुले जनाएका छन् । घटनामा ८४३ जना घाइते भएका र २८ जनाजति अझै बेपत्ता रहेका छन् ।

त्यहाँका सरकारी अधिकारीहरुका अनुसार, आइतबार बिहान अाएकाे आँधीका कारण थप क्षति पुगेकाे हाे । आँधीले सयौँ घर भत्किएका र कैयाैँ मानिस घाइते भएका छन् । ज्वालामुखी र आँधीले मच्चाएकाे बबन्डरका भिडियो सामाजिक संजालमा देखिएका छन् ।
![]()
ज्वालामुखी अझै पनि सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । आसपासका तटीय इलाकामा बसोबास गर्ने नागरिकलाई सरकारले अन्यत्रै जान आग्रह गरेको छ । शनिबारकाे ज्वालामुखी विस्फोटपछि समुन्द्रभित्र गएको पहिरोका कारण सुनामी आएको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया