प्रहरी हवल्दारले १ लाख घुस लिएपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • एकजना प्रहरी हवल्दारले १ लाख घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराले व्यवसाय गर्न सजिलो पारिदिन्छु भन्दै १ लाख घुस माग्दै गरेको बेला पक्राउ परेका थिए ।

काठमाडौं । एकजना प्रहरी हवल्दारले १ लाख घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराले व्यवसाय गर्न सजिलो पारिदिन्छु भन्दै १ लाख घुस माग्दै गरेको बेला पक्राउ परेका थिए ।

हवल्दारले पानमसालाजन्य पदार्थको व्यवसाय संचालन गर्न सहज गराईदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार आयोगको हेटौंडा टोलीले रकमसहित पक्राउ गरेको थियो ।

हजरालाई १ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा भ्रष्टाचार गरेको देखिन आएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो १ लाख कायम गरी कैद सजाय सहितको मागदाबी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?