इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका

सारांश

  • १७ असार, काठमाडौं ।
  • इलामको सन्दकपुर र भोजपुरको हतुवागढी गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।
  • इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका उदय राई ४५२९ मत ल्याएर विजयी बनेका हुन् ।

१७ असार, काठमाडौं । इलामको सन्दकपुर र भोजपुरको हतुवागढी गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।

इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका उदय राई ४५२९ मत ल्याएर विजयी बनेका हुन् । राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र सुवेदीले २३५४ मत ल्याए ।

उपाध्यक्ष पनि एमालेकै शोभा पराजुलीले जितेकी छन् । ३९३०मत ल्याएकी पराजुलीले उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सावित्रा गुरुङलाई २१७२ मतमा रोकेर जित दर्ता गराएकी हुन् ।

भोजपुरको हतुवागढी नगरपालिका एमालेको पोल्टामा परेको छ । त्यहाँ एमालेका प्रेमबहादुर राई ३४८१ मतका साथ विजयी बनेका हुन् ।

उपाध्यक्षमा पनि एमालेकै चन्द्रमा राई निर्वाचित भएकी छन् । राईले ३७३१ मत पाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?