प्रहरी हवल्दारले यसकारण लगाए सशस्त्र मुख्यालय आगलागी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
१७ पटक हेरिएको
Shares
प्रहरी हवल्दारले यसकारण लगाए सशस्त्र मुख्यालय आगलागी

सारांश

  • काठमाडौं ।
  • सशस्त्र प्रहरी मुख्यालयमा पुस ३ गते राति भएको आगलागीमा त्यहीँ कार्यरत प्रहरी हवल्दार संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।
  • आगलागीमा संलग्न भएको आरोपमा सशस्त्रका हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा पुस ३ गते राति भएको आगलागीमा त्यहीँ कार्यरत प्रहरी हवल्दार संलग्न भएको अनुसन्धानबाट खुलेको छ । आगलागीमा संलग्न भएको आरोपमा सशस्त्रका हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान महाशाखाले मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठलाई सरकारी कागजात आगजनीमा मुद्दा लगाउने तयारी भएको छ । यसअघि विद्युत सर्ट भएर आगो लागेको ठानिए पनि प्रहरी अनुसन्धानले हवल्दार श्रेष्ठले कागजात नष्ठ गर्ने उद्देश्यले आगो लगाएको पत्ता लगाएको स्रोतको भनाई छ ।

पुस ३ गते राति करिब १ बजेतिर हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयको लेखा शाखाको स्टोरमा आगो लागेको थियो । आगलागीबाट महत्वपूर्ण कागजात नष्ट भएका थिए ।

गृह मन्त्रालयले पनि सहसचिव कृष्ण राउतको संयोजकत्वमा आगलागीबारे छानबिन गर्न समिति गठन गरेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapa Sunil

    सोजा साजालाइ फसाउन खोजे को नि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?