उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
२० पटक हेरिएको
Shares
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता

सारांश

  • उखु किसानले राजधानीमा आएर आन्दोलन शुरु गरेका छन् ।
  • उखुको रकम वर्षौ देखि भुक्तानी नपाएपछि गत वर्ष आन्दोलनमा उत्रिएका किसानहरु फेरि राजधानी आएका हुन् ।
  • उनीहरु २०७६ पौष १८ गते सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उखु किसानले राजधानीमा आएर आन्दोलन शुरु गरेका छन् । उखुको रकम वर्षौ देखि भुक्तानी नपाएपछि गत वर्ष आन्दोलनमा उत्रिएका किसानहरु फेरि राजधानी आएका हुन् । उनीहरु २०७६ पौष १८ गते सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।लामो समयसम्म उखुको रकम नपाएपछि किसानहरुले गत वर्ष यही समयमा आन्दोलन गरेपछि सरकारसँग पाँच बुँदे सम्झौता भई चिनी मिलहरुबाट रकम भुक्तानी गराउने सहमति भएको थियो । त्यसको कार्यान्वयन नभएपछि उखु किसानहरु पुनः राजधानीमा आन्दोलनका लागि आएका हुन् ।

उनीहरुको आन्दोलनमा आज ऋषि धमलाको पनि सहभागिता थियो । किसानहरुको माग पूरा गराउन आफूले मिडियामार्फत सरकारलाई दबाब दिने पनि धमलाले विश्वास दिलाएका थिए ।

यसअघि पनि किसानहरु मिल मालिकसँग पैसा उठाईदिन माग गर्दै काठमाडौं प्रदर्शनमा उत्रिएका थिए । त्यतिवेला पनि पत्रकार धमलाले क्लबको साक्षात्कार, रेडियोमा बहस र टेलिभिजनमा अन्तर्वार्ता लिएर साथ दिएका थिए । धमलाले उनीहरुका माग पूरा गराउन सरकार गम्भिर बन्नुपर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध
बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
माइक्रोबसको ठक्करवाट एक पैदलयात्रीको मृत्यु….
माइक्रोबसको ठक्करवाट एक पैदलयात्रीको मृत्यु….
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
फिफा वरियतामा नेपालको तीन स्थान सुधार

तपाईंले छुटाउनुभयो कि?