नवौं खेलकुदमा आर्मी पहिलो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ४, २०७९
|
|
२६ पटक हेरिएको
Shares
नवौं खेलकुदमा आर्मी पहिलो

सारांश

  • पोखरा।
  • विभागीय टीम त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ।
  • १ सय ७२ स्वर्ण पदक सहित आर्मीले उपाधी कब्जा गरेको हो।

पोखरा। विभागीय टीम त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ। १ सय ७२ स्वर्ण पदक सहित आर्मीले उपाधी कब्जा गरेको हो। ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिश्पर्धा भएको थियो। आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० पदक जितेको हो । सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो।

६५ स्वर्ण, ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक जितेको शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो भएको छ। ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक जितेर नेपाल पुलिस क्लव तेश्रो भएको छ।

घरेलु मैदानमा गण्डकी प्रदेश चौंथो भयो। प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ। गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित १ सय २० पदक जितेको हो। बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक हात पारेर पाँचौं स्थानमा रह्यो।

प्रदेश १ ले १० स्वर्ण सहित ८३, सुदुरपश्चिमले १० स्वर्ण सहित ६३, एनआरएनएले पनि १० स्वर्ण सहित २६ पदक पाएको छ। लुम्विनी प्रदेशले ६ स्वर्ण सहित ६८, मधेश प्रदेशले ५ स्वर्ण सहित ३९ र कर्णाली प्रदेशले २ स्वर्ण सहित १८ पदक पाएको छ।

सुरुमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने भनिएकोमा प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक÷एक स्वर्ण पदकको खेल स्थगित भएको थियो । ३६ खेलका ३ सय ९६ इभेण्ट मात्रै पूरा भएका छन्। खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सन्चालन गरिएको थियो।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?