रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी

सारांश

  • दाङ, चैत १० ।
  • यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतवारदेखि सुरु भएको छ ।
  • दाङमा १५ दिने सुत्केरी देखी प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले समेत परिक्षामा सहभागी भएका छन ।

दाङ, चैत १० । यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतवारदेखि सुरु भएको छ । दाङमा १५ दिने सुत्केरी देखी प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले समेत परिक्षामा सहभागी भएका छन ।

हातमा प्रवेश पत्र निधारमा रातो टीका । परीक्षा हलमा प्रवेश गर्दै गर्दा प्रतिनिधिसभा सदस्य चौधरीले बाल्यकालको सपना पूरा भएको बताउनुभयो ।

अरु स्कूलले विद्यार्थीसँगै एसइइ परीक्षामा सहभागी भएकी चौधरीले एसइइ मात्रै होइन बुढेसकालमा भए पनि पिएचडी गर्ने सपना भएको बताउनुभयो । नेकपाकी सचेतक समेत रहेकी चौधरी आइतबारदेखि सुरु भएको एसइइ परीक्षामा सहभागी हुनुभएको छ । तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट चौधरीले परीक्षा दिदैहुनुहुन्छ ।

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाई सुरु गर्नुभएको थियो । उहाँ यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिदै हुनुहुन्छ । उहाँकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन ।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उहाँले पढाइको महत्व बुझेर मनैदेखी पढाई गर्नुपर्छ भन्ने भावना उत्पन्न भएसंगै कक्षा ८ देखी पढाई शुरु गर्नुभएको थियो । यसबर्ष दाङमा एसइई परिक्षा सञ्चालनका लागि ४४ वटा परिक्षा केन्द्र तोकिएको छ ।

जसमा ३८ वटा समुदायिक विद्यालय तथा ६ निजी विद्यालयमा एसइई परिक्षा केन्द्र तोकेको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय दाङले जनाएको छ । जिल्लामा यसबर्ष ११ हजार ५ सय ४८ विद्यार्थी एसइई परिक्षामा सहभागी भएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
नेपालद्वारा बंगलादेश पराजित
नेपालद्वारा बंगलादेश पराजित
नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान
नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर

तपाईंले छुटाउनुभयो कि?