उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
२८ पटक हेरिएको
Shares
उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा

सारांश

  • मस्को ।
  • रुसी तथा उत्तर कोरियाली विदेशमन्त्रीहरूले मङ्गलबार आफ्ना अधिनायकवादी मुलुकबिचको गहिरो सम्बन्धको प्रशंसा गरेका छन् ।
  • दुवै मुलुकबिचको सम्बन्धलाई लिएर पश्चिमी मुलुकहरूले युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपमा सहयोगका लागि मिलेर काम गरेको आरोप लगाएका छन् ।

मस्को । रुसी तथा उत्तर कोरियाली विदेशमन्त्रीहरूले मङ्गलबार आफ्ना अधिनायकवादी मुलुकबिचको गहिरो सम्बन्धको प्रशंसा गरेका छन् । दुवै मुलुकबिचको सम्बन्धलाई लिएर पश्चिमी मुलुकहरूले युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपमा सहयोगका लागि मिलेर काम गरेको आरोप लगाएका छन् ।

मन्त्रीहरू सर्गेई लाभरोभ र चो सन हुईले मस्कोमा वार्ताका क्रममा सम्बन्धका बारेमा टिप्पणी गरेका हुन् । गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उनको उच्च प्रोफाइल भ्रमणपछि उक्त टिप्पणी आएको हो ।

“हामी संयुक्त राष्ट्रसङ्घमा सधैँ उत्तर कोरियाको समर्थन गर्छौं र युक्रेनमा हाम्रो विशेष सैन्य अभियानसँग सम्बन्धित मामिलासहित रुसको स्थितिको अडानमा तपाईंको समान अडानको अत्यन्त सराहना गर्दर्छौं”, मन्त्री लाभरोभले आफ्नो प्रारम्भिक टिप्पणीमा भने ।

उत्तर कोरियाली विदेशमन्त्री चोले अनुवादकमार्फत भने, “भेटले ‘मैत्रीपूर्ण’ द्विपक्षीय सम्बन्ध ‘दुवै मुुलुकका नेताहरूको योजनाअनुसार विकसित भइरहेको’ प्रमाण हो ।” अमेरिकाले यसै महिना रुसले उत्तर कोरियाली क्षेप्यास्त्रबाट युक्रेनमा आक्रमण गरेको बताएको थियो । करिब दुई वर्षको द्वन्द्वमा रुसलाई हतियारको अभाव भएको छ ।

प्योङयाङ आफ्नो आणविक बम र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूका लागि धेरै अन्तर्राष्ट्रिय प्रतिबन्धको दायरामा छ । किमको नेतृत्वमा ती कार्यक्रममा तीव्र प्रगति भएको देखिएको छ । युक्रेनका सहयोगीहरूले उत्तर कोरियामाथि रुसी सेनालाई तोपखानाको ठूलो भण्डार प्रदान गरेको पनि आरोप लगाएका छन् ।

लाभरोभले विवरण उल्लेख नगरी बैठकको उद्देश्य किम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रुसमा शिखर सम्मेलनका क्रममा भएका सम्झौताहरूको समीक्षा गर्नु रहेको बताए । क्रेमलिनका अनुसार मन्त्रीहरूले राष्ट्रपति पुटिनलाई भेटेर आफूहरूबिचको छलफलका निष्कर्ष बताउनेछन् । पुटिनले उत्तर कोरिया भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएको तर कहिले जाने भन्नेबारे केही बताएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?