सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो

सारांश

  • काठमाडौ ७ ,भदौ ।
  •  कञ्चनपुरकी बालिका  निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै केही दिनयता तनावग्रस्त रहेकाे कञ्चनपुर बलात्कार र हत्या प्रकरण चर्किदै गएपछि  गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सहित तीन सुरक्षा अधिकृतलाई मन्त्रालयमा फिर्ता बोलाइएको हो सरकार ले कञ्चनपुरका  प्रजिअ कुमार खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विस्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीलाई काठमाडौ फिर्ता बोलाइएको छ।
  •  सरकारले खड्काका ठाउँमा तारानाथ अधिकारी र विष्टका ठाउँमा कुवेर कठायतलार्इ पठाएको छ।

काठमाडौ ७ ,भदौ । कञ्चनपुरकी बालिका  निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै केही दिनयता तनावग्रस्त रहेकाे कञ्चनपुर बलात्कार र हत्या प्रकरण चर्किदै गएपछि  गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सहित तीन सुरक्षा अधिकृतलाई मन्त्रालयमा फिर्ता बोलाइएको हो सरकार ले कञ्चनपुरका  प्रजिअ कुमार खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विस्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीलाई काठमाडौ फिर्ता बोलाइएको छ।

 सरकारले खड्काका ठाउँमा तारानाथ अधिकारी र विष्टका ठाउँमा कुवेर कठायतलार्इ पठाएको छ।

घटनाको बारेमा अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा  छानविन समिति गठन भएको छ । समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्।
स्थानीयहरुले उच्च स्तरीय छानबिनको माग गरेपछि गृह मन्त्रालय ले समिति गठन गरेको हो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramesh Timsina

    Las mathi rajnitik rang aauna thaleko xa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?