पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
सारांश
- काठमाडौ १०,भदौ।
- पोखरा महानगरपालिका-१९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी उनि अलिक सुस्त मनस्थितिकी थिइन घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कमै निस्किथींन उनि।
- सय मिटर पर रहेको किराना पसलमा जानु पर्दा पनि साथी चाहिथ्यो ।
काठमाडौ १०,भदौ। पोखरा महानगरपालिका-१९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी उनि अलिक सुस्त मनस्थितिकी थिइन घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कमै निस्किथींन उनि। सय मिटर पर रहेको किराना पसलमा जानु पर्दा पनि साथी चाहिथ्यो । तर, शुक्रबार घर नपुग्दै बसबाट झरिन् ।आमाले टमाटर लिएर आएनू भन्नु भएको छ भन्दै बसबाट झरेकी उनी कहिल्यै फर्किनन् बरु भोलिपल्ट बेलुका लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा शव भेटियो ।
मृतक पुष्पाकी आमा गोमा केसीले आफूले छोरीलाई टमाटर ल्याउन नभनेको बताएकी छन् । उनले भनिन मैले किन भन्थेँ र टमाटर ल्याउन ? त्यो दिन मैले केही पनि भनेकै थीईनन।घरमा सबैले माया गर्थे । फरक स्वाभावको भएकाले सबैले उनलाई स्याहार गर्थे । बुबा नृतेन्द्र केसीले त झन् उनलाई अन्य छोराछोरी भन्दा बढी ख्याल राख्थे ।
पढाईमा भने कमजोर थिइन् पुष्पा । उनले मेहनत नगरेकी पनि होइनन् तर, मानसिक रुपमा कमजोर भएकाले पढाईमा राम्रो नभएको सबैलाई थाहा थियो । त्यसैले परिवारका सदस्य र शिक्षक शिक्षिकाले पनि उनलाई कुनै दबाव दिँदैनथे ।पुष्पाकी शिक्षक गीता कुँवरले भनिन्, ‘पुष्पाको नेचर नै धेरै नबोल्ने हो, उनको मानसिक अवस्था थाहा थियो, त्यसैले हामीले कहिल्यै पढ्नलाई दबाव दिएनौं ।’
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । तर, पीडित परिवारले पुष्पाको हत्या भएको दाबी गरेका छन् । खास गरेर पुष्पाको स्वभाव, शव भेटिएको स्थान र प्रकृति हेर्दा हत्या नै भएको उनीहरुको निश्कर्ष छ ।मृतककी आमा गोमाले थपिन्, ‘मेरी छोरीको हत्या नै भएको हो, कसैले ललाईफकाई लगेर वलात्कार प्रयास गर्दा नमानेपछि हत्या गरेको हो भन्ने मलाई लाग्छ ।
टमाटर किन्ने भन्दै घर नपुग्दै स्कुल बसबाट झर्नु बहाना मात्र भएको परिवारको ठम्याइ छ । कुनै केटाले केटीको माध्यमबाट पुष्पालाई बोलाएको हुनसक्ने परिवारको आशंका छ । शव भेटिएको स्थानमाथि भीर र तल झाडी छ। शव भेटिएको स्थान भीरबाट करीब २०/२५ मिटर टाढा छ, जहाँ हाम फालेर मात्र पुग्नै सकिन्छ ।पुष्पाको शव भेटिएको स्थान भन्दा करीब एक सय मिटर टाढा भीरमाथि उनको स्कुल ब्याग भेटिएको छ । उनले लगाएको चप्पल शव भन्दा केही पर थियो । उनको टाई र सर्ट जस्ताको तस्तै भएपनि स्कर्ट भने करीब २ मिटर टाढा थियो । यसले पनि उनको हत्या नै भएको पुष्टि गर्ने परिवारको तर्क छ । परिवारका सदस्यहरुले वलात्कार नभएपनि वलात्कारको प्रयासमा हत्या भएको हुनसक्ने दाबी गरे ।
यसैबीच बिहीबार बेलुका पुष्पालाई स्कुटरमा राखेर एक युवाले लामाचौर बजार लगेर खाजा खुवाएको हल्ला चलेको छ । ती युवा को हुन् भन्ने खुलिसकेको छैन ।यसबारे प्रहरीलाई पनि खबर भइसकेको पीडितका आफन्त तथा स्थानिय अर्जुन भण्डारीले बताए । आइतार नै पुष्पाकी नजिककी एक जना साथी बेपत्ता भएको हल्ला चल्यो । लगतै प्रहरीले उनको खोजी गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले भने, बेपत्ता भनिएकी पुष्पाकी साथी हाम्रो सम्पर्कमा छिन्, उनीमाथि पनि अनुसन्धान भइरहेको छ ।’
पोष्टमार्टम भएपनि परिवारले शव बुझ्न मानेका छैनन् । दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने परिवारको अडान छ । शव बुझेपछि अनुसन्धान फितलो हुने आशंकामा आफूहरुले शव नबुझेको मृतकका बुबा नृतेन्द्र केसीले बताए ।पीडित पक्षको आइतबारको भेलाले अनुसन्धानलाई सघाउन ७ सदस्यीय समिति पनि गठन गरेको छ । समितिमा पीडितका आफन्त र सामाजिक अगुवाहरु छन् ।
घटना भएको करीब ४ दिन बित्दा पनि पुस्पाको मृत्यु कि हत्या भन्ने खुलेको छैन ।
प्रतिक्रिया