जिल्ला अदालतकाे थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७८
|
|
४० पटक हेरिएको
Shares
जिल्ला अदालतकाे थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

सारांश

  • तनहुँ।
  • नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन्।
  • पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ।

तनहुँ। नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन्। पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ।

पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो। ‘समय अभावका कारण हिजो जान सकेनौँ। आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ। ‘थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन। जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानुनी व्यवस्था अनुसार पुनरावेदन दिँदैछौँ,’ उनले भने।

घटना भएको लामो समय पछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरवाराही मन्दिर दर्शनमा गएको र उमेर शंकास्पद भएकाले कानुनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो। जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशिलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ। ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियाे।

गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो।
अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका-४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ। १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मा सर्मपण गरेका थिए।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका पललाई जिल्ला कारागार तनहुँमा राखिएको छ। पल जिल्ला कारागार तनहुँको बि ब्लकमा छन्। उनीसँगै बि ब्लकमा १४० जना कैदीबन्दी छन्। बि ब्लक ८० जना क्षमताको हो । तनहुँ कारागारमा १३ जना महिला कैदीबन्दी सहित कुल २५८ जना छन्।

पललाई दैनिक ६० रुपैयाँ नगद सिदा र सात सय ग्राम चामल रासन उपलब्ध गइईएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए। पलले कारागारमा पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गर्ने गरेर दिन बिताइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा
विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा
अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति हसन रौहानीबीच भेटवार्ता हुने !
साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक
साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता
जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता