उद्योग वाणिज्य महासंघको साधारण सभा आजबाट सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ११, २०७७
|
|
३२ पटक हेरिएको
Shares
उद्योग वाणिज्य महासंघको साधारण सभा आजबाट सुरु

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुँदै छ ।
  • गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो ।
  • कोरोना सङ्क्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै गर्न लागिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुँदै छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो ।

कोरोना सङ्क्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै गर्न लागिएको छ ।

महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्छन् । भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासङ्घ सचिवालयले जनाएको छ ।

बन्दसत्रको कार्यक्रम शुक्रबार पनि अभौतिक रूपमै हुनेछ । बन्दसत्रमा महासङ्घको आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन् ।

निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ । सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्पmको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ । महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ
राष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति
राष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
तीन गाउँ नै क्यान्सरग्रस्त बनेपछि पानी परीक्षण शुरु
तीन गाउँ नै क्यान्सरग्रस्त बनेपछि पानी परीक्षण शुरु
जनप्रतिनिधिलाई तलब सुविधा दिने विधेयक पेस
जनप्रतिनिधिलाई तलब सुविधा दिने विधेयक पेस
बुद्ध एयरकाे २१ सफल वर्ष !
बुद्ध एयरकाे २१ सफल वर्ष !
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com

तपाईंले छुटाउनुभयो कि?