पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • सम्वन्ध विच्छेद गरेका जोडीहरु आपसमा भेट हुन चाहँदैनन् ।
  • डेट गर्ने त निकै टाढाको कुरा ।

काठमाडौं, २२ मंसिर । सम्वन्ध विच्छेद गरेका जोडीहरु आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक–अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद देखिइन् । चर्चित साहित्यकार सरस्वतीले आफ्ना पूर्वपतिसँग सँगै रेस्टुरेन्टमा लन्च गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । ‘डिभोर्स लिएको चार वर्ष पूरा भएको उपलक्ष्यमा’ यो भेटघाट गरेको उनले बताएकी छन् ।

‘सम्वन्ध विच्छेदपछि आ–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेद एक उत्सव बनिदिँदो रहेछ,’ उनले लेखेकी छन् । सरस्वतीको स्टाटसमा तीव्र प्रतिक्रिया आइरहेका छन् । कतिपयले उनको प्रशंसा गरेका छन् भने कतिले भेट्नु नै थियो भने कि छुट्टिएको भनेर कटाक्ष गरेका छन् ।

तर पर्यटनमन्त्री रवीन्द्र अधिकारीले लेखेका छन्, ‘हो नि, राम्रै भयो ।’

कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले कटाक्ष गर्दै लेखेका छन्, ‘सम्बन्धको स्मशानलाई आदर्श नठानौं साहित्यकारज्यू ।’ सरस्वती थकाली बाबु र बाहुनी आमाकी छोरी हुन् । बाबुआमाजस्तै उनले पनि अन्तरजातीय विवाह गरेकी थिइन् । उनलाई पोखराका प्रख्यात साहित्यकार सरुभक्तले ०५५ सालमा धर्मपुत्री बनाएका थिए । उनी आफूलाई जन्मदिने पिताभन्दा धर्मपितालाई महत्व दिन्छिन् । लेखनमा आउनुभन्दा अगाडि उनी कम्युनिस्ट राजनीतिमा सक्रिय थिइन् । अहिले पनि उनको कलममा मार्क्सवादी र महिलावादी चिन्तन बढी झल्किन्छ । यद्यपि उनले आफू पहिले मान्छे, अनि मात्र स्वास्नीमान्छे भएको बताउने गरेकी छन् ।

सरस्वती र ठाकुरका एक छोरा छन् । श्रीमानसँग डिभोर्सपछि आफ्नो हिस्साको सम्पत्ति लिएर सरस्वती पोखरामा बस्दै आएकी छिन् । छोरा उनीसँगै बस्छन् । उनका पूर्वपति ठाकुर पनि पोखरामै बस्छन् । उनी एक व्यवसायी हुन् ।

केही महिना अगाडि  सरस्वतीलाई अर्को बिहेको सम्भावनाबारे सोधिएको थियो । उनले जवाफ दिएकी थिइन्– ‘माफ गर्नुहोला । सरस्वतीको जीवनमा अब विवाहका लागि कुनै स्पेस छैन । कुनै सम्भावना छैन ।’

अर्को एक प्रश्नमा भने उनले डिभोर्सपछि पनि आफ्नो जीवन प्रेमपूर्ण रहेको बताएकी थिइन् ।उनले भनेकी थिइन्, ‘कुनै दिन प्रेमको संस्मरण लेखेँ भने सारा दुनियाँ छक्क पर्नेखालको अपत्यारिलो प्रेममा छु । डिभाइन प्रेममा छु । विवाह संस्था हो, दुर्घटित हन सक्छ । मेरो सन्दर्भमा पनि त्यही भयो । प्रेम अनुभूति हो । यो फगत घटित मात्र हुन सक्छ, दुर्घटित हुन सक्दैन ।’

नयाँ पुस्ताकी आशलाग्दी प्रतिभा मानिने सरस्वतीको पहिलो उपन्यास ‘नथिया’ यसै वर्ष प्रकाशित भएको छ, जुन मदन पुरस्कारको लागि सर्टलिस्टमा समेत परेको थियो । बादी समुदायको कथालाई लिएर उनले यो उपन्यास लेखेकी हुन् । कविता र निवन्धका क्षेत्रमा पनि उनी क्रियाशील छन् । सरस्वतीको ‘किरिया बसेकी स्वास्नीमान्छे’ शीर्षकको नारीवादी कविता यस्तो छ:

किरिया बसेकी स्वास्नीमान्छे

लोग्नेको मृत्युमा

किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा

तपाईंका पूर्वनिर्धारित सम्पूर्ण अनुमानहरु

गलत सावित हुन सक्छन् ।

तपाई पत्याउनुस, नपत्याउनुस

भर्खरै भेटेर आएकी हुँ, मैले उनलाई

उनको नयाँ अवतारसँग ठोक्किनु

संसारको आठौं आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा लागि

किरिया बसेकी स्वास्नीमान्छेका आँखाहरुमा

हिरासतबाट मुक्त कैदीको पहिलो मुस्कान छचल्किएको देखेँ

यो कविताको बारेमा सरस्वतीले यस्तो भनेकी थिइन्:

फ्याक्ट्स आर स्ट्रेन्जर्स देन फिक्सन भन्छन् नि, यो कविता पछाडिको सत्य त्यस्तै छ । सत्यभन्दा पनि अझ डरलाग्दो सत्य भन्नु उचित होला । यो एउटा सत्यघ टनामै आधारित कविता हो । लोग्ने बितेपछि एकपटक एउटी किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न गएकी थिएँ । सधैं उदास, कुण्ठित, निराश अनुहार बोकेर हिँड्ने एउटी स्वास्नीमान्छेको अनुहार किरिया बस्दै गर्दा धपक्क बलेको थियो । उनको खुसीले उनको अनुहार नै उज्यालो भएको थियो, जसलाई रोक्न खोज्दाखोज्दै पनि रोक्न सकिरहेकी थिइनन् उनले । मलाई त्योबेला लाग्यो, हाम्रो सामाजिक संरचना र अन्य कतिकति बाध्यताले उनलाई सँगसँगै हिँड्न बाध्य बनायो होला, त्यो सकसबाट मुक्ति पाउन र खुलेर हाँस्न पनि उनले लोग्नेको मृत्यु कुरेर बस्नुपर्‍यो । उनको अनुहारको त्यो भाव सम्झँदा आज पनि मलाई एकसाथ एकदम खुसी र पीडाको अनुभव हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा बालविवाहमुक्त अभियान
जुम्लामा बालविवाहमुक्त अभियान
गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न
गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा
संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा

तपाईंले छुटाउनुभयो कि?