राष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०८०
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति

सारांश

  • काठमाडौं ।
  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ ।
  • सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक गिरीले भने,‘तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मत हामीले आज पनि राख्यौं । सरकारको तर्फबाट पनि उच्चस्तरीय छानबिन समिति बनाउन हामी पनि तयार नै छौं भन्ने आएको छ ।’

उनका अनुसार छानबिन समितिको भोलिसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् ।

उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?