उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङ्बीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङ्बीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको स्पष्ट पारे ।

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको स्पष्ट पारे । उनले नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको बताएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि समेत सम्बन्धित निकायसँग आग्रह गर्ने उल्लेख गरे । दुई देशको सीमा जोडिएका जिल्लामा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने उनको भनाइ थियो ।

विगतमा सीमाक्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाको दैनिक जीवन सहज बनाएको भन्दै उनले उक्त व्यवस्था पुनः सुरु गर्न पहल गरिदिन आग्रह गरेका थिए ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरे । बझाङको साइपल, दार्चुलाको तिन्कर, गोरखाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गराए ।

भेटमा चिनियाँ राजदूत सङ्ले सीमा क्षेत्रका पदाधिकारीको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको बताए । राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिए । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ ।

नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत सङ्ले यसको निरन्तरताको अपेक्षा गरेको उल्लेख गरे ।

चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङ्ले आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै
गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै
पच्चीस लाख पुरस्कार राशीको डीपीएललाई श्री एयरलाइन्सको साथ
पच्चीस लाख पुरस्कार राशीको डीपीएललाई श्री एयरलाइन्सको साथ
नेस्याङमा जडीबुटीबाट रु १६ लाख राजस्व
नेस्याङमा जडीबुटीबाट रु १६ लाख राजस्व
ओलीले भने  कांग्रेस म्याद गुज्रिएको औषधि हो
ओलीले भने कांग्रेस म्याद गुज्रिएको औषधि हो
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता
विजय जुलुस मनाउँदै गर्दा मृत्यु !
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने

तपाईंले छुटाउनुभयो कि?