पच्चीस लाख पुरस्कार राशीको डीपीएललाई श्री एयरलाइन्सको साथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पच्चीस लाख पुरस्कार राशीको डीपीएललाई श्री एयरलाइन्सको साथ

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • आगामी चैत्रमा हुने धनगढी प्रिमियर लिग (डीपिएल)को अफिसियल एअरलाइन्स पार्टनरमा रुपमा श्री एअरलाइन्स रहने भएको छ ।
  • आइतबार काठमाडौंमा डीपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एअरलाइन्सबीच भएको सम्झौता पत्रमा एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एअरलाइन्सका अपरेसन डाइरेक्टर कुन्दन गिरीले हस्ताक्षर गरेका छन् ।

काठमाडौं, ६ फागुन । आगामी चैत्रमा हुने धनगढी प्रिमियर लिग (डीपिएल)को अफिसियल एअरलाइन्स पार्टनरमा रुपमा श्री एअरलाइन्स रहने भएको छ । आइतबार काठमाडौंमा डीपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एअरलाइन्सबीच भएको सम्झौता पत्रमा एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एअरलाइन्सका अपरेसन डाइरेक्टर कुन्दन गिरीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि श्री एअरलाइन्सले डीपिएललाई नगद १० लाख बराबरको प्रायोजन सहयोग गर्ने भएको छ । जसमा साढे ७ लाख नगद र बाँकी रकम जिन्सी रहेको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्री एअरलाइन्सका अपरेसनल डिरेक्टर गिरीले नेपाली क्रिकेट खेलाडीहरुले पछिल्लो समय देशको गौरव बढाइरहेकाले आफूले पनि क्रिकेटसँग जोडिन पाउँदा खुशी महसुस भइरहेको बताए । यस्तै एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगितामा सबैको साथ सहयोगले अगाडि बढिरहेकाले डीपिएलसँग जोडिएकोमा श्री एयरलाइन्सलाई धन्यवाद ज्ञापन गरेका थिए ।

डीपिएल–२ मा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद २५ लाख पुरस्कार हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै तेस्रोले ३ लाख तथा चौथोले २ लाख पाउनेछ । चैत १७ गतेबाट धनगढीमा हुने डीपिएलमा टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्र नगरद युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?