शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल

सारांश

  • काठमाडौं, १४ असार ।
  • तिनदिने नेपाल भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ विभागका उपमहासचिव जिन पेइरी लाक्रोइसले बुधवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् ।
  • सिंहदरवार स्थित रक्षा मन्त्रालयमा आयोजित भेटमा उपमहासचिव लाक्रोइसले शान्ति सेनामा नेपालको भूमिकाको उच्च प्रसंम्सा गरेका छन् ।

काठमाडौं, १४ असार । तिनदिने नेपाल भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ विभागका उपमहासचिव जिन पेइरी लाक्रोइसले बुधवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् ।

सिंहदरवार स्थित रक्षा मन्त्रालयमा आयोजित भेटमा उपमहासचिव लाक्रोइसले शान्ति सेनामा नेपालको भूमिकाको उच्च प्रसंम्सा गरेका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाको नेतृत्व तथा सुरक्षा फौजको प्रसंम्सा गर्दै लाक्रोइसले विश्व शान्तिका लागि नेपाली सेनाले पुर्याउँदै आएको बहुआयामिक योगदान र आगामी दिनमा गर्ने सहकार्यका क्षेत्रवारे चासो व्यक्त गरेका थिए ।

भेटमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलले विश्व शान्ति स्थापनामा नेपालको भूमिकाको चर्चा गर्दै शान्ति सेनामा नेपाली सेनाको उपस्थिति छैटौ स्थानमा रहेको बताउनुभएको थियो । उहाँले शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम रहेको भन्दै त्यस्तो जिम्मेवारी दिने कुरामा लाक्रोइस मार्फत ध्यानाआकर्षण गराउनुभएको थियो ।

शान्ति सेनामा हाल योगदान गर्दै आइरहेको अनुपातलाई बढाउँदा पनि योगदान गर्ने नेपाल सक्षम रहेको बताउँदै पोखरेलले संयुक्त राष्ट्रसंघका वडापत्र र सिद्ध्रान्तप्रति नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो । उहाँले नेपाल सरकारका प्रतिवद्धताहरु संयुक्त राष्ट्रसंघका महासचिव समक्ष पुर्यादिन आग्रह गर्नुभएको थियो ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?