उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७८
|
|
३८ पटक हेरिएको
Shares
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर

सारांश

  • काठमाडौं, ।
  • नेपाली कांग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ ।
  • कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो ।

काठमाडौं, । नेपाली कांग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो ।
‘केन्द्रमा तालमेलको मोडालिटी बन्दै छ, अहिले नै उम्मेदवार तय गर्दा तालमेलमा असर पर्न सक्छ, त्यही कारण केन्द्रबाट निर्देशन नुहँदासम्म प्रमुख उपप्रमुख नतोक्न भनिएको हो,’ कांग्रेस स्रोतले भन्यो ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने विधानअनुसार उम्मेदवार चयन गर्न आवश्यक पर्ने सबै काम समयसीमाभित्रै गर्न भनिएको तर निर्णय भने तत्काल ‘होल्ड’ गर्न निर्देशन गरिएको जानकारी दिए ।
‘विधानको व्यवस्थाअनुसार तोकिएको समय सीमाभित्र तहगत रूपमा गर्नुपर्ने काम सबै सक्न सर्कुलर गरिएको छ तर निर्णय चाहीँ केन्द्रको निर्देशन नहुँदासम्म होल्ड गर्न भनिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले भने ।
पाँच दलीय सत्ता गठबन्धनले मंगलबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव तयारी समिति बनाएको थियो । सो समितिलाई देशभरका स्थानीय तहमा दलको अवस्थाअनुसार तालमेलको मोडालिटी बनाउने अधिकार छ ।
कांग्रेसले पार्टीगत रूपमा निर्वाचनको विषयमा काम गर्नेगरी उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइसकेको छ ।[image: nepali-congress-2.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा
ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम
ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम
सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति
सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति
Cassino Online Brasil Jogos de Cassino com Dinheiro Rea
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण