प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
१८ पटक हेरिएको
Shares
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा.
  • प्रकाशशरण महतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेरै छोड्ने घोषणा गरेका छन् ।

काठमाडौं, २१ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेरै छोड्ने घोषणा गरेका छन् । यो ९ महिनामा सरकारले केही पनि काम गर्न नसकेको उनको आरोप छ । उनले ओली सरकारलाई नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगमा ढाल्ने घोषणा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो डरलाग्दो घोषणा गरेका हुन् ।

यो सरकारका नेताहरु कुरा गर्न जान्ने तर काम गर्न नजान्नेहरु रहेको उनको आरोप छ । यद्धपी उनले आफूहरुले सरकार ढाल्न नचाहेको भएपनि सरकारको आफ्नै क्रियाकलापका कारण ढल्ने अवस्था आएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?