उर्जाशील युवाशक्तिलाई खाडीमा पठाएर समाजवाद आउँदैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
उर्जाशील युवाशक्तिलाई खाडीमा पठाएर समाजवाद आउँदैन

सारांश

  • चितवन, २०७५ पुस ५ गते ।
  • सङ्घीय समाजबादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मा.
  • राजेन्द्र प्रसाद श्रेष्ठले युवा जनशक्तिलाई खाडीमा पठाएर समाजवाद नआउने जिकीर गरेका छन् ।
चितवन, २०७५ पुस ५ गते । सङ्घीय समाजबादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मा. राजेन्द्र प्रसाद श्रेष्ठले युवा जनशक्तिलाई खाडीमा पठाएर समाजवाद नआउने जिकीर गरेका छन् । उक्त कुरा उनले पार्टीको चितवन जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बताएका हुन् ।
सांसद श्रेष्ठले देशका युवाहरूलाई देशभित्रै रोजगारी दिन नेपालमा उद्योग व्यवसायको विकास गर्नुपर्ने बताए । अहिले गाउँ गाउँमा युवाहरू नभएको बताउँदै आमा बाबुको मृत्यु हुँदा दागवती दिने र मलामी जाने समेत नभएको बताए । उनले रगतको ब्यापार गरेर देश धनी नहुने बताउँदै देशको विकासका लागि मानव निर्यात होइन वस्तु निर्यात गर्नुपर्ने बताए । 
उनले सङ्घीय समाजवादबारे प्रशिक्षण दिंदै भने, ‘काङ्ग्रेस र कम्युनिष्टले समाजवादका नाममा व्यक्तिवादलाई नै प्रोत्साहित गरे ।’ उनले भने, ‘देशका उत्पीडित राष्ट्रियताहरूको मुक्ति र समतामुलक समृद्धिका लागि सङ्घीय समाजवादी व्यवस्थाको आवश्यकता छ ।’ 
उनले सङ्घीयता, समानुपातिकता र समावेशीताको दृष्टिले हेर्दा नेपालका शासक वर्गको चरित्र अझै नसुध्रिएको बताउँदै हालै नियुक्ति गरेका राजदूतहरूको अनुहार हेर्दा अहिले पनि राज्य एकल जातीय नै देखिएको बताए । पछिल्ला १० जना राजदूतको नियुक्तिमा १ जना मात्र फरक अनुहारको भएकोमा उनले आक्रोश व्यक्त गर्दै भने, ‘सरकारको व्यवहार यस्तै हुने हो भने देश पुनः ठूलो द्वन्द्वमा फस्न सक्दछ ।’ 
पाटीको चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रममा पार्टीको राजनीतिक समिति सदस्य उदय कान्त मिश्र आजाद, सचिव विमला आले मगरले पनि आफ्नो मन्तब्य दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन बलराम बर्देवा र स्वागत लोकवहादुर गुरुङले गरेका थिए ।


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?