मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो
सारांश
- काठमाडौं।
- ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ।
- नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको हो।
काठमाडौं। ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको हो। उनीहरुको शव पोष्टमार्टमका लागि सातै जनाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिने छ।
बिहान आठ बजेतिर सबै शव संकलन सकिए पनि मौसममा सुधार नआउँदा हेलिकप्टर उडाउन सकिएको थिएन।
बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरि फर्किँदा दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार थिए।
पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया