सुतेकै ठाउँमा किशोरी बलात्कृत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
५६ पटक हेरिएको
Shares
सुतेकै ठाउँमा किशोरी बलात्कृत

सारांश

  • पाँचथर, २५ पौष ।
  • ओछ्यानमा सुतिरहेको अवस्थामा एक किशोरी बलात्कृत भएकी छिन् ।
  • पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ती किशोरी बलात्कृत भएकी हुन् ।

पाँचथर, २५ पौष । ओछ्यानमा सुतिरहेको अवस्थामा एक किशोरी बलात्कृत भएकी छिन् । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ती किशोरी बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न भएको अभियोगमा मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।

गत १९ पुसमा ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । किशोरीले भनिन्, ‘भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।’

गहतराजलाई २१ पुसमा पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छन् ।(दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?