ऋतिककी बहिना पस्मिना दुई चलचित्रमा नायिका

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १३, २०८०
|
|
३४ पटक हेरिएको
Shares
ऋतिककी बहिना पस्मिना दुई चलचित्रमा नायिका

सारांश

  • मुम्बई ।
  • एक समयका चर्चित कलाकार राजेश रोशनकी छोरी तथा अभिनेता ऋतिक रोशनकी बहिनी पस्मिना रोशन यतिबेला नयाँ चलचित्रमा व्यस्त छन् ।
  • पहिलो फिल्म रिलिज नहुँदै उनी अर्को नयाँ फिल्ममा चयन भएपछि अहिले सामाजिक सञ्जालको चर्चामा छिन् ।

मुम्बई । एक समयका चर्चित कलाकार राजेश रोशनकी छोरी तथा अभिनेता ऋतिक रोशनकी बहिनी पस्मिना रोशन यतिबेला नयाँ चलचित्रमा व्यस्त छन् । पहिलो फिल्म रिलिज नहुँदै उनी अर्को नयाँ फिल्ममा चयन भएपछि अहिले सामाजिक सञ्जालको चर्चामा छिन् ।

आफ्नो डेब्यु फिल्म ‘इस्क बिस्क रिबाउन्ड’ घोषणा भएपछि उनी चर्चामा आएकी थिइन् । सो चलचित्र अहिले निर्माण भइरहेको छ । पस्मिना रोनले आफ्नो पहिलो फिल्म रिलिज हुनुअघि नै दोस्रो फिल्म पाएकी छन् ।

आफ्ना भाइ ऋतिक रोशनजस्तै पश्मिनाले पनि सामाजिक सञ्जालमा आफ्नो नृत्य प्रतिभा देखाइरहेकी छन् । उनी आफ्नो डेब्यु फिल्ममा रोहित सराफ, जिब्रान खान र नालिया ग्रेवालसँग उनी प्रस्तुत हुँदै छिन् ।

पश्मिना आफ्नो दोस्रो फिल्ममा अभिनेता टाइगर श्राफसँग स्क्रिन सेयर गर्दै छिन् । हाल यो फिल्मको आन्तरिक तयारी भइरहेको छ र चलचित्रको छायांकन चाँडै सुरु हुने बताइएको छ ।

अर्कोतर्फ टाइगर श्राफको कुरा गर्दा अहिले अभिनेता गणपति र बडेमियाँ छोटे मियाँ रिलिजको तयारीमा छन् । हालै टाइगर अब रोहित सेट्टीको कप युनिभर्सको हिस्सा बन्ने खबर पनि आएको थियो । अब भने टाइगर र पश्मिनालाई नयाँ सिनेमामा देख्न पाइने भएको छ ।

केही महिनाअघि पश्मिना पनि आफ्नो प्रेम जीवनका कारण चर्चामा आएकी थिइन् । पश्मिना र कार्तिक आर्यन नजिक भएका कारण चर्चामा थिए । नयाँ वर्षको अवसरमा दुवैले फ्रान्सबाट छुट्टाछुट्टै तस्बिर पनि पोस्ट गरेका थिए । तर, कात्तिकले डेटिङको हल्लाको खण्डन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?